Sunday, June 28, 2020

साहित्य माफिया

साहित्य माफिया
(सागरमणि ढकाल 28.06.2020)

साहित्य धनि नभएर 
धनाढ्यको साहित्य भएछ।
बलिहुडको फ्लिमफेर सरह
अवार्डमै सिमित रहेछ॥

सम, पौडेल, देवकोटाका ति रचना
छुने गर्थे मनको अन्तहमा।
जाबो उम्रिन्दैको तिनपाते नव युवाका सोच र लेखहरु
दर्हो भएछ यो साहित्य माफियाका गुठहरु॥

चयन गर्ने उनै, आलोचना, समालोचना गर्ने उनै 
सम्मान उनकै, सम्मानित उनकै 
पैसा उनकै, छापाखानाका सम्पादक उनैकै।

गाँउका पुराना ताकमा राखिएका
रोले खाताका बिचमा कोरिएका अमृतहरु
त्यसै त माउले खाएको होइन होला ॥

किन गाँउछन होला अझै बुढापाका भानुका रामायणका श्लोकहरु?
किन अझै दिन्छन उपदेशस्वरुप पौडेलका पंक्तिहरु?
रस पान गरे थिए साहित्यको कुनै समय
गोठमा बसी
बाँधिन सकेन साहित्य ठुला बढाका बुकसेल्फका 
मेमोवर(Memoir) बनि॥

हुन त पाठक नै घटेर गइसकेपछि 
पढने इच्छा नै मानिसको मरिसकेपछि 
मातृ भाषा नै पोली खाएपछि 
को भिडने स्वज्ञानी माफिया संग अघि सरि॥

अरुका जस्ता बेस्ट सेलर
हाम्रो पनि भैदिए
पढ्ने पाठकको जमात राम्रो भैदिए 
टारी खेतमा रचिएका साहित्यहरु
आज विश्वकै पुस्ताकालयहरुमा अदभ संग सजिएका हुने थिए
पुराना भानुभक्त, पौडेल, देवकोटाहरुलाई इतिहासमा पढेर 
नव भानुहरु पाठ्यक्रममा उदाउने थिए। 

संगठन उनकै, केहि ठुला पाठक उनकै
नेपाल, बर्मा, आसाम, दाजिलिङ उनकै
 सिक्किम, अरुणाचल, सिलाङ उनकै 

टिस्टे, फिस्टे, सानोभाई ठुलोभाईका
कलामृतहरु आफ्नो जीवनको कमाई लगाएर गुम्सिएका छन् साना पुस्तकहरू मा 
कतै धुलो लागेर लडिरह्यो 
कागज-बोतलवाला ले लगिरह्यो ।

मेरो सिर्हानीमा एउटा प्रतिलिपि त छ
त्यो संघर्षको याद दिलाँउन 
एसो पल्टाएर हेर्छु
मैले लेखे जस्तै लाग्दैन 
बिर्सेछु कि हो शब्द बुन्न 
बिर्सेछुकी मैले साहित्य गुन्न। 

साहित्यका माफियाहरु जता ततै रगरगी
मेरो पो पत्ता काटिन्छ कि भनि डरसरी 
धुलो नै लाग्दैछन् ति मा पनि सायद पानी पुगेन 
साहित्य पार्ने सायद त्यो मधानी नै भएन।

No comments:

Post a Comment