Sunday, June 28, 2020

म तिम्रो मलामीहरुमा आफ्नो मलामी खोज्दैछु

म तिम्रो मलामीहरुमा आफ्नो मलामी खोज्दैछु
(सागरमणि ढकाल) 

संसारमा आफूलाई अजय सोच्ने 
साँना कुराहरु आफ्नो हिसाबले नहुँदा खेदो गर्ने 
आज भिडमा एकलो महसुस हुँदा 
म तिम्रो मलामीहरुमा आफ्नो मलामी खोज्दैछु॥

बिर सुरो ठान्ने म आफैलाई 
थाङने मांग्ने म गन्दै नगन्ने 
आज समाजमा आफ्नै गन्ती नहुँदा 
म तिम्रो मलामीहरुमा आफ्नो मलामी खोज्दैछु॥

दुख पीडामा अर्काको,
मुन्टो बटारेर हिड्ने म
आज आफ्नो दुखमा रुने नहुँदा 
म तिम्रो मलामीहरुमा आफ्नो मलामी खोज्दैछु॥

घमंडमा चुर, रिसले आँखा नदेख्ने 
चित्त नबुझदा केवल निहुँ खोज्ने 
आज आफ्नो अलिकता बचेको अहम बचाँउन 
म तिम्रो मलामीहरुमा आफ्नो मलामी खोज्दैछु॥

दुई चार जना हपकाई लखेट्ने 
पाँच दस जनालाई टेर्दै नटेर्ने 
आज लट्ठी टेकेर हिड्न नसक्दा
म तिम्रो मलामीहरुमा आफ्नो मलामी खोज्दैछु॥

No comments:

Post a Comment