Sunday, June 28, 2020

कस्तो रंग लगाँउ तिमीलाई?

कस्तो रंग लगाँउ तिमीलाई? 
(सागरमणि ढकाल 01.03.2018) 

कस्तो रंग लगाँउ म तिमीलाई 
यो संसार नै रगताम्मे रातो छ।
ईर्ष्या द्वेष प्रबल छ जताततै 
यहाँ मनको रंग पनि कालो छ॥

कस्तो रंगले पोतौं तिमीलाई 
सेतो पनि मैला कालो छ।
हरियो त पहेंलो छ सुकेर 
यहाँ त पानीको रंग नै धमिलिएछ॥

लाली परेको अोठबाट
काली परेका शब्द छरिन्छ।
गुलाबी रंगका मुखारविन्दमा 
सादा स्नेहहिन मुस्कान देखिन्छ॥

म कस्तो रंगले पुजा गरौं भन 
तिम्रो सिन्दुरको रंग धरि उढेछ। 
संसार त रंगीचंगी भएछ तर 
तिम्रो रगत चाँहि सेतो भएछ॥

No comments:

Post a Comment