Sunday, June 28, 2020

नाँपिस!!ल्याइ परिवर्तन

नाँपिस!!ल्याइ परिवर्तन 
(सागरमणि ढकाल-20.11.2019)

परिवर्तनको खोजीमा
म मेरो मस्तिष्कको अनेक कोसिकाहरुलाई
हरेक निमेष खटाईरहन्छु 

यहाँ यस्तो भएको भए हुन्थ्यो 
त्यहाँ त्यस्तो भएको भए हुन्थ्यो 

मेरो सोचहरुले संसारका अनेक आयामहरुको हरपल 
भ्रमण गरिरहेकै हुन्छ

मन मिल्ने संग दुई कुरा साझा गर्छु 
कतै दुई शब्द बोल्छु त कतै
दुई शब्द कोर्छु 
कतिले मेरा कुराहरुमा दुई कुरा थपिदिन्छन्
त कतिले मेरो सोचलाई सहजै नकारदिन्छन्

र भए पनि म लागिरहन्छु मेरा बिचार, व्यख्या र वक्तव्य बोकर 

तर पनि म सहि परिवर्तन कतै देख्दिनँ

घर जान्छु बिस्तरामा लम्पसार पर्छु 
अनि आफै संग अचम्म लाग्छ
सोच्छु आफैलाई त बद्लिन सकिरहेको छैन् 
संसार कसरी बदलिन्छ 

अनि अचानक नव उर्जाको संचालन हुन्छ 
जुरुक्क उठ्छु 
कडक च्या पिउँछु 
अनि फेरि लमतन्न सुत्छु 
आफै संग मुसुमुसु हाँस्छु 
अनि भन्छु 
नाँपिस!!!ल्याइस तैले परिवर्तन

फेरि अर्को बिहान मस्तिष्कका कोसिकाहरु 
खटिन्छन 
संसार बदल्न,सोच बदल्न ॥

No comments:

Post a Comment