Sunday, June 28, 2020

म शोक मनाउँदै छु

म शोक मनाउँदै छु
(सागरमणि ढकाल 13.04.2018)

म मध्य रातको शुन्यतामा दुक्कि पेटको दाउमा पाँच हजार रुपियाँ फ्याँकेर 
हर्सले गद्गद् हुँदै 
तिमी परलोक भएको शोक मनाँउदैछु।

म फुलको साटो मदिराको मन्द सुगन्धमा मुछिएका थुक का छिटा चढाउँदै 
तिमी परमधाम गएको शोक मनाउदै छु। 

म साँझको झिस्मिसे देखि बिहानीको मिर्मिरे सम्म 
एक्का ट्रायलको पर्खाईमा 
तिमी संसार त्यागी गएको शोक मनाउँदैछु। 

मलाई थहा छैन शोकमा कति जन छन् 
मलाई थहा छैन परिवारमा कति जन छन्
म आउँदिन दिउँसो मेरो जरुरत के पर्ला 
तर घाम ढुबेर उदाँउन्जेल सम्म 
नयाँ चिप्लिने तासको पत्ता हरु संग होडबाजी गर्दै 
तिमी शरिर त्यागेर गएको शोक मनाँउदैछु।

म धुपको साटो सिग्रेटको धुवाँ घुमाएर 
तिम्रो शयन कक्षादेखि पक्वान गृह सम्म 
प्रसाद स्वरुप सिग्रेटका ठुटा खसालेर 
प्रशन गरे समाजको रौफ देखाएर 
छरिएका ठुटाहरुको बिच पंजा टर्यालमा  बलेण्ड हात खेलेर 
म तिम्रो परिवारको शोकमा मेरो शोक महसुस गर्दै छु।

No comments:

Post a Comment