Sunday, June 28, 2020

आइफोन 11 प्रो ( I Phone 11 Pro)

आइफोन 11 प्रो  ( I Phone 11 Pro) 
(सागरमणि ढकाल- 26.06.2020)

विदेशिएका आइफोन 11 प्रोहरुलाई
स्वदेशी माटोको महक कहाँ आँउछ र
मेनहेटन र टेक्सासको चहक महक
ओखरबोटेमा कहाँ पाइन्छ र॥

डालरले भिजेको दिमागलाई 
रुपियाँ जाबो के हो र
माइला फुपाजुको घरको ठेगाना 
"जि पि एसले" कसरी भन्थ्यो र ॥

खेताला धाँउने सोमे र गोब्रे 
सर्भेन्ट कहाँ हुन्थे र
घुँडा फाटेका पैन्टहरु 
जारा( Zara)  किन हुन्थ्यो र ॥

सहयोग आफन्तको च्यारिटी भएसी 
परिवार कहाँ बन्थ्यो र 
सदस्य- कर्मचारी सरी भएसी
माँया किन बढ्थ्यो र॥

अघि "हेलो हाव आर यु" हाँसेर 
पछि कटुशब्दले डिक्सनेरी भरेछ
आई फोन 11 प्रोको संस्कारले 
प्रेमको स्क्रिन नै फुटेछ॥

No comments:

Post a Comment