Sunday, June 28, 2020

म शोक मनाउँदै छु

म शोक मनाउँदै छु
(सागरमणि ढकाल 13.04.2018)

म मध्य रातको शुन्यतामा दुक्कि पेटको दाउमा पाँच हजार रुपियाँ फ्याँकेर 
हर्सले गद्गद् हुँदै 
तिमी परलोक भएको शोक मनाँउदैछु।

म फुलको साटो मदिराको मन्द सुगन्धमा मुछिएका थुक का छिटा चढाउँदै 
तिमी परमधाम गएको शोक मनाउदै छु। 

म साँझको झिस्मिसे देखि बिहानीको मिर्मिरे सम्म 
एक्का ट्रायलको पर्खाईमा 
तिमी संसार त्यागी गएको शोक मनाउँदैछु। 

मलाई थहा छैन शोकमा कति जन छन् 
मलाई थहा छैन परिवारमा कति जन छन्
म आउँदिन दिउँसो मेरो जरुरत के पर्ला 
तर घाम ढुबेर उदाँउन्जेल सम्म 
नयाँ चिप्लिने तासको पत्ता हरु संग होडबाजी गर्दै 
तिमी शरिर त्यागेर गएको शोक मनाँउदैछु।

म धुपको साटो सिग्रेटको धुवाँ घुमाएर 
तिम्रो शयन कक्षादेखि पक्वान गृह सम्म 
प्रसाद स्वरुप सिग्रेटका ठुटा खसालेर 
प्रशन गरे समाजको रौफ देखाएर 
छरिएका ठुटाहरुको बिच पंजा टर्यालमा  बलेण्ड हात खेलेर 
म तिम्रो परिवारको शोकमा मेरो शोक महसुस गर्दै छु।

कृतज्ञता

कृतज्ञता
(सागरमणि ढकाल -30-07-19)
तिमीले जबरजस्ती कोच्याएको भातको गाँसले 
बोसो लागेको यो ज्यानमा 
तिमीलाई धन्यवाद स्वरूप 
म आफ्नो रक्त नलीबाट तिमीले पालन पोषण गरेको शरीरलाई ड्रग्सले भर्दैछु।।

म चाउरी पर्ने थालेको धेरै भएको छैन।

म चाउरी पर्ने थालेको धेरै भएको छैन। 
(सिक्किमको बाँझिएको जमिनको सन्दर्भमा-
सागरमणि ढकाल-28.12.2018)

खानको लागि नुन मात्र किन्ने र अरु सबै आफै फलाउने महान किसानहरुका सन्तानले
मेरो छाती भरि केहि नगरी बुगुन्द्रै फ्ल्ने 
सिमल तरुल र पिँडालु समेत नरोपेर 
किन्न थालेपछि
म चाउरी पर्ने थालेकी हुँ।। 

पुर्वज किसानहरुले फलाँउले
अट्टे, स्यालमुखे, झपकाहरु 
थाहै नपाइ आसियाना, के.आर.टी,  मोहन भोग र  सर भोग भएपछि
म चाउरी पर्न थालेकी हुँ। ।

कोलमा पिनेर मग मग बासना आउने तोरीको तेल त्यसै एक बटुका पिएर पचाइदिने 
बलशाली किसानका सन्तानहरुले 
सफोला गोल्ड र धारामा भुटुन पडकाँउन थालेपछि 
म चाउरी पर्न थालेकी हुँ।। 

फारसमा गाई भैँसी चराएर 
बेलुका भात पकाउन अल्छी लाग्दा
एक माना चामललाई तिन किलो दुधमा पकाएर
एकलै सर्ल्याम-सर्ल्याम खाएर पचाइदिने 
किसानका सन्तानहरुले 
पुजामा समेत अमुल गोल्डले बनिएको खिर 
चढाँउन थालेपछि 
म चाउरी पर्न थालेकी हुँ।। 

गाईको मलले बारी नै कालो बनाएर, जोतेर
कोदो, फापर, मकै, गहुँ छरेर
ढिडो अनि रोटी- दुध, दहि, मोइ, घिउ संग 
गम गम खाने किसानहरुका सन्तानले 
कोर्न फ्लेक्स र प्याकेटको दुध खाँदा पनि 
पखाला चल्न थालेपछि 
म चाउरी पर्न थालेकी हुँ।। 

ब्याँसी खेतमा असारमा जहिले नै मेला सरह हुन्थ्यो, 
त्यहि खेतमा 200-300 मुरी धान फलाउने कर्मशिल किसानका सन्तानहरुले 
त्यहि बाझो, चिरा परेको खेतमा आयोजना गरिएको 
"ब्याँसि विन्टर कार्निभलमा" 
सिलिगुडीको एल एस चामलबाट बनिएको भाती जाँडलाई 
"ओरगेनिक राइस वाइन" भनेर खान थालेपछि 
म चाउरी पर्न थालेकी हुँ।। 

उद्धमशिल किसानका सनतानहरु 
बजार कुर्न थालेपछि 
ढिकुटीमा धान नभरेर 
औषधिको खोलमा औषधि भर्न थालेपछि 
अन्न कोषलाई सम्पति नमानेर 
धनराशिलाई सम्पति ठान्न थालेपछि 
म चाउरी पर्ने थालेकी हुँ।। 

तरै पनि कुरेर बसिरहेकी छु
कुनै पाखुरा आउँछन् होला कोट्याउन कुनैदिन 
सुर्ता नगर!! 
निषठुरि हुने छैन म
तिम्रो स्पर्शले नै म
पगलिने छु मलिलो भएर, 
फेरि उरवराउ हुनेछु, जवान भएर।।

यो सय दिनमा मैले के गरें (भाग 2)

यो सय दिनमा मैले के गरें (भाग 2)
सागरमणि ढकाल - 10.09.2019

यो सय दिनमा मैले के गरें 
न त मकै नै रोपें 
न त धान नै रोपें
न त बारी नै जोतें 
न त आली नै लाँए
(Agriculture, Horticulture, Animal Husbandry ) 
न त एउटा गाई नै किने
न त एक किलो दुध नै बेचें
न त फर्सी फलाँए न त करेला फलाँए 
बस गन्गनिन्दै बरु कुखुरो किनी खाँए 

न त कुनै औजार नै बनाँए 
पुरानो हलो पनि चिरेर दाउरा बनाँए 
न त भुईका प्लाटिक पोलिथिन नै टिपे 
गिलो सुक्ख्खा मैला बरु एकैठाउँ मिसाँए 
(Safai Abhiyan) 
न त जाममा अोभरटेक गर्न नै छोडें 
न त साथी संग मिलेर अफिस धाउन खोजें
न त माँतेर मस्त गाडी कुदाँउन छोडें
न त अस्पतालमा पान थुक्न नै छोडें
(Traffic and Health) 
न त अफिसको सिसा फुटाँउन छोडें
डाक्टरका टाउका सके सम्म फोडें
न त सिग्रेट, रक्सी, खैनि खान छोडें
अस्पताललाई बेस्सरी न त सराप्न छोडें
(Education) 
न त नानीहरुको काँपी हेर्न खोजे 
न त होम्वर्क गर भनेर दुई शब्द नै बोले 
शिक्षकलाई बरु सकेसम्म गोदें
सरुवा गराउ भनि सकेसम्म पोलें
(Culture) 
न त दौरा सुरुवाल बक्खु नै पहिरें
न त कुनै एउटा लोक गीत नै कोरें
न त गुम्पा मन्दिरमा एक पटक नै ढोगें
संस्कृतिका लागी न त मैले बोले 
(Afno gau afai Banau) 
न त साना खोबिल्टा माटो लगि पुरें
न त मैलो बाटो सफा गर्न खोजें
हो नेता जति सबैलाई खदा माला लाँए 
भेट्न एकपल्ट सिक्किम भरि धाँए

नोकरी, पैसा जे हुन्छ नि माँगे 
न कि कुनै सुव्यवस्थाको उजुरि चढाँए 
सेल्फी भएभरका नेता संघका फेसबुकमा हालें
लाइक र कमेन्टमा म औधी रमाँए

बेलुकी संधै घर फर्कि आँए
आमाले पकाएको भूडि फुटुन्जेल खाँए
परिश्रम शब्दलाई मैले बैरि बनाँए 
घाम टाउकोमा आउन्जेल म निन्द्रा मै हराँए।

सय दिनमा म आफैंले चाहिँ के गरें??

सय दिनमा म आफैंले चाहिँ  के गरें??
(सागरमणि ढकाल-10.09.2019)

बितेका सय दिनमा मैले के नै गरें
अफिस गएँ, घर आँए, बेस्सरी खाएँ सुतें॥

ए हौ!! त्यो त्यता गएछ भनि दंग परें 
ए हौ!! त्यो यता आएछ भनि छक्क परें।
यो मान्छे ठिक छ भनि आँफैलाई भनें
त्यो मान्छे ठिक छैन भनेर आँफैलाई सुनाँए ॥

बितेका सय दिनमा मैले के नै गरें 
सिर्हानीमा ढल्केर विहानै त्यहि फेसबुक नै खोलें ।

जस्लाई भेटे नि के छ हौ माहोल सोधें
उत्तर जे भएनि मेरै मन्तव्य रोजें।
आमा बाबु भन्दा बढि गोले चाम्लिङ खोजें
कैयौंलाई त मनबाट नै सैयौं चोटी गोदें॥

बितेका सय दिनमा मैले के नै गरें 
इन्टरनेटको डेटा भने कैयौं जि बी सकें॥

म भए त सरकार क्या चलाइदिन्थें नि लाग्छ
8 नबेजे सम्म फेरि निन्द्रा कहाँ भाग्छ र 
फेस्बुकमा बोल्नेहरु सबै सिल्लि लाग्छ
बोल्नु परे आफूकतै मुखमा किल्ली लाग्छ ॥

बितेका सय दिनमा मैले के नै गरें 
म सबै जान्ने भनि आफै भ्रममा बसें॥

न त सकारत्मक सुझाव नै केहि दिए 
नबोलाए जान्न भनि अहम बोकी रहें। 
दोष्याउने त सरकार छदैछ मेरो असफल्तको 
कान चिरेको जोगी म हुँ अल्छे थेत्तरो भाको॥

बितेका सय दिनमा मैले के नै गरें 
खाए, दोष्याँए, अौल्याँए, त्यति मात्र गरें ॥

मनको खहरो -बिना बाँध।।

मनको खहरो -बिना बाँध।। 
(सागरमणि ढकाल -17.10.2019) 

खै कस्तो जिन्दगी भयो 
उठ्दा नि थाक्ने बस्दा नि वाक्क हुने भयो 
भन्छन दिग्गज केहि काम गर 
समाज देशलाई उभो लगाउने खोज गर 
यहाँ आफैलाई त उभो लगाउन सकिरहेको छैन 
सुत्न असाध्य मन पर्छ तर निन्द्रा पर्दैन 
त्यहि मोबाइल टेलिभिजन टुकु टुकु हेर्यो समय बितायो आँखा ट्टयाउन्जेल 

हैन ध्यान पो लगाउनु पर्यो,भगवान खोज्नु पर्यो भनेर अनेक भावना आइरहन्छ
दुई निमेष मै फेरि यो मन दिमाग कहाँ हराउँछ छक्क पर्छु 
अनुशासन बिहिन भएको हो कि? दैनिक कर्ममा त अनुसाशन छोडेको छैन, 
की त इच्छा शक्तिको नै कमी पो हो की?

हुन् सक्छ

न त भुडि नै घटाउन सकि रहेकोछु न त स्फुर्ति शरीर बनाउन 
सार्है अल्छे यो शरीर, की त शरीर नै पो छाडा भएको हो कि? 
जाबो दुई सिडी चढदा मुटु नै फुटला जस्तो भान हुन्छ। 

मलाई आफ्नो जागिर बाहेक पनि अरु क्यै गर्न आउँछ र? 
हो बेला बेला लेख्छु तर आजकल पढिदिने कस्ले? 
लेखेर कसैको क्यै भा छर? 
उहिले त थियो, अहिले साहिय‌ पढिदिनेको नै कमि भएपछि लेखको पनि औचित्य छैन। 
अत्यमा खुशि छु छुइनँ भन्ने कुरा आँउछ, प्राया नै खुशि बस्छु, कोहि बेला टोलाँउछु, दुखले होइन, चालिसे पुग्न लागेको आफ्नो ज्यान देखेर मात्र हो। 
मान्छे जन्मे पछि छाप छोडेर जानु पर्छ भन्ने मान्छे को होलान्, आज उनलाई नै कसैले चिन्दैन। 
बर्ष भरि पसिना बगाएर परिवार पाल्नेलाई को नेल्सन मन्डेला को गान्दी। उसलाई त लाले र पुडे नै संसार हो। 
यो सब संसारको माया जाल हो। कसैले चिनेर नै के भा छ, नचिनेर नै के भा छ र। 
अन्ततः मरण निश्चित छ त्यहि सत्य हो।  भागा दौडि, संसारमा मनुक्खे भनाँउदाले बनाएका नियम कानुन सब बकवास हो, स्वतन्त्रता कहि छैन। 
दोकानले घेरेको संसार, आइज मलाई किन अनि भोग गर भनेर लुभाउन खोज्ने बस्तुहरु। धरै रुपियाँवालको पुजा गरिबलाई केहि मान नै छैन, मनुष्यको औचित्य उस्को कमाइले बताउछ भनेर कुन महानुभवले भने होला। मनुष्य भन्नु नै समता हैन र। सिंह त थुनिए पनि जंगलमा भए पनि सिंह नै रहन्छ। न त थुनिएको सिंहलाई घमण्ड न त जंगलकोलाई। 
यो भेदभाव द्वेष कहाँबाट पस्यो नि प्रभु। 

अन्तमा सबै झेल्नु, भोग्नु पर्ने स्वतः हो। 
मेरो निम्ति सबै एक समान।

माछोङकी बहिनीलाई समर्पित

माछोङकी बहिनीलाई समर्पित 
(सागरमणि ढकाल - 14-11-19)

आमा!!!  बाबा!!! 
हेर्नुनि मलाई त मुर्दाहरुले दिउँसै मार्यो 
तपाईको आँखाको नानीलाई कहि न कहिको बनायो 
अब तिम्रो सपना कस्ले साकार पार्छ
तिमी निको नहुँदा भान्सा कसले सम्हाल्छ
म जन्मदा लक्ष्मी आई भनेर तिमी कत्ति रमाएको थियौ होली
हेर न तिम्रो लक्ष्मीको त बलात्कार भयो ॥

मलाई तिमीले देखाएको बाटो झल्झली थियो 
राम्रो पढ्नु पर्छ नानी भन्ने उपदेश आलै थियो 
म त आँउदो बर्खाको निम्ति बाबालाई दाउरा बोक्न सघाउँदै थिएँ आमा
अकाललै काल खोज्न गए जस्तो भयो ॥

आमा यि दरिन्दाहरुलाई भनिदिनु 
देवीको पुजा गर्नु छोड्नु अब 
देवि यिनीहरुको टाउकोको रगत चढाउँदा नि 
खुशि हुने छैनन् अब॥

मैले अोसारेको दाउराले अब भान्सा नजलाउ 
बरु मसाल बाल यो कुकर्मको अन्त्य गर्न 
मसालको राप यति तेजिलो होस कि
कुकर्मिहरु चाँडै खोर भित्र पसुन 
र यसतो दुष्ट प्रवृति भएका समाजका कलंकहरुको 
निच सोच पनि खरानी होस ॥

हेर्नु नि के के गरौला भनि सोचेथिए
सबै निमेषमै चकनाचुर भयो
तिम्रो छोरीको संसार 
निच सोचले बिलिन भयो ॥

मेरो भगवान् माँसिएछ

मेरो भगवान् माँसिएछ
(सागरमणि ढकाल 9.02.18) 

मात्तिएछ मस्तिष्क आज
मन पनि धमिलो भएछ।
यदि मानिसमा नै भगवान् हुन्छन् भनें
मेरो भगवान् माँसिएछ॥

ईर्ष्याले सबै छोपेछ 
त्यो माँया गर्ने मनलाई ।
मानिस मानिसमा घृणा बढेछ
लडाई गर्छन मर्नलाई॥

लाट्टिएछ मस्तिष्क आज
मन पनि अमिलो भएछ।
यदि मानिसमा नै भगवान् हुन्छन भनें
मेरो भगवान् माँसिएछ॥

लोभले सम्पुर्ण पुरेछ 
उदार पवित्र हृदयलाई।
मोह सम्पत्तिको धेरै बढेछ
लढ्छन हेर दाजु भाई ॥

भौंतारिएछ मस्तिष्क आज
मन पनि कलिलो भएछ ।
यदि मानिसमा नै भगवान् हुन्छन् भनें
मेरो भगवान् माँसिएछ॥

रागले सबै समेटेछ
दानवीर यी हातलाई ।
भोग विलास असंख्य बढेछ
छली खान्छन् नडराई ॥

अल्मलिएछ मस्तिष्क आज
मन पनि सजिलो भएछ ।
यदि मानिसमा नै भगवान् हुन्छन भनें
मेरो भगवान् माँसिएछ॥

चेलिबेटी चिन्न छोडेछ
कुकर्मी भएछन् आफन्त नै
हत्या बलात्कार गर्ने भए
आफ्नै काका दाजु भाई।

भ्रष्ट भएछ सोचाई आज
समाज नै धमिलो भएछ 
यदि मानिसमा नै भगवान् हुन्छन् भने 
मेरो भगवान् माँसिएछ॥

म तिम्रो मलामीहरुमा आफ्नो मलामी खोज्दैछु

म तिम्रो मलामीहरुमा आफ्नो मलामी खोज्दैछु
(सागरमणि ढकाल) 

संसारमा आफूलाई अजय सोच्ने 
साँना कुराहरु आफ्नो हिसाबले नहुँदा खेदो गर्ने 
आज भिडमा एकलो महसुस हुँदा 
म तिम्रो मलामीहरुमा आफ्नो मलामी खोज्दैछु॥

बिर सुरो ठान्ने म आफैलाई 
थाङने मांग्ने म गन्दै नगन्ने 
आज समाजमा आफ्नै गन्ती नहुँदा 
म तिम्रो मलामीहरुमा आफ्नो मलामी खोज्दैछु॥

दुख पीडामा अर्काको,
मुन्टो बटारेर हिड्ने म
आज आफ्नो दुखमा रुने नहुँदा 
म तिम्रो मलामीहरुमा आफ्नो मलामी खोज्दैछु॥

घमंडमा चुर, रिसले आँखा नदेख्ने 
चित्त नबुझदा केवल निहुँ खोज्ने 
आज आफ्नो अलिकता बचेको अहम बचाँउन 
म तिम्रो मलामीहरुमा आफ्नो मलामी खोज्दैछु॥

दुई चार जना हपकाई लखेट्ने 
पाँच दस जनालाई टेर्दै नटेर्ने 
आज लट्ठी टेकेर हिड्न नसक्दा
म तिम्रो मलामीहरुमा आफ्नो मलामी खोज्दैछु॥

हर्षको मुहान

हर्षको मुहान
(सागरमणि ढकाल-18. 11.2019)

तिम्रो पर्खाइमा अब त 
निन्द्रा पर्न छोड्यो 
खोइ!! आँखा पो रसाउँछ भनि सुनेको थिएँ 
आज, आत्मा किन रोयो?

बेदनाहरु गह भित्र धेरै 
उकुसमुकुस निसासिएका छन 
तिम्रो आगमन भैदिए देखि 
बाँध झै फुटने थियो मन ॥

कसलाई सुनाउनु र मेरा व्यथा 
छहारी को नै बनिदेला ?
बरु भिझदै पर्खि रहने छु जीवन भर
आँउछौ होला कुनै बेला ॥

पुस्न सक्दिन अब म आँशु
मक्काएछन्  हतकेला 
पुस्दा ति गहका पिरहरुले
मेटियो कि त भाग्य रेखा ॥

अब तिम्रै आस छ कुनै दिन 
आँउछौ मेरो भक्कानो फुटाउन 
तर हर्ष बग्ने छ त्यो पल अविरल
अश्रुधार भै रमाँउन ॥

अब त तिम्रो बा सित पैसा छ।।

अब त तिम्रो बा सित पैसा छ।। 
(सिद्धिचरण श्रेष्टको "तिम्रो बासित पैसा छैन" भन्ने कविताको आधुनिक संस्करण- सागरमणि ढकाल 19.11.2019) 

मिठो खान र राम्रो लाउन 
पुस्तक च्यापी डटेर हिँड्न
बाबु तिमीले पाएकै छौ 
मानिस बन तर कुकुर नबन 
       अब त तिम्रो बा सित पैसा छ।। 

दिनभर जोतनु पर्दैन अहिले 
पहिला भन्दा राम्रो छ चाला 
हाम्रो पेट भरपुर भरिन्छ 
अब त दिएर खान सकिन्छ 
       अब त तिम्रो बा सित पैसा छ।। 

जाऊ स्कूल अब फेल नभइ 
अब्बल नंबर पढेर ल्याउ 
ट्याबलेट नखाँइदेउ, चोरेर नहिड्
संगत राम्रो गर बाबु 
       अब त तिम्रो बा सित पैसा छ।। 

विज्ञान, भूगोल, इतिहास पढ़दै 
समाजको निमित्त राम्रो काम गर्दै 
माथी उठिरहेका नेपालीहरूको 
नयाँ पुस्तक लेख लौ बाबु 
      अब त तिम्रो बा सित पैसा छ।।

नाना थरिका व्यापार छन जत्ती 
नौंलो व्यवसाय कति हो कत्ती 
लिइकन ज्ञान, लिइकन शिक्षा 
अवसर हजार खुल्ला छ बाबु 
     अब त तिम्रो बा सित पैसा छ।।

नाँपिस!!ल्याइ परिवर्तन

नाँपिस!!ल्याइ परिवर्तन 
(सागरमणि ढकाल-20.11.2019)

परिवर्तनको खोजीमा
म मेरो मस्तिष्कको अनेक कोसिकाहरुलाई
हरेक निमेष खटाईरहन्छु 

यहाँ यस्तो भएको भए हुन्थ्यो 
त्यहाँ त्यस्तो भएको भए हुन्थ्यो 

मेरो सोचहरुले संसारका अनेक आयामहरुको हरपल 
भ्रमण गरिरहेकै हुन्छ

मन मिल्ने संग दुई कुरा साझा गर्छु 
कतै दुई शब्द बोल्छु त कतै
दुई शब्द कोर्छु 
कतिले मेरा कुराहरुमा दुई कुरा थपिदिन्छन्
त कतिले मेरो सोचलाई सहजै नकारदिन्छन्

र भए पनि म लागिरहन्छु मेरा बिचार, व्यख्या र वक्तव्य बोकर 

तर पनि म सहि परिवर्तन कतै देख्दिनँ

घर जान्छु बिस्तरामा लम्पसार पर्छु 
अनि आफै संग अचम्म लाग्छ
सोच्छु आफैलाई त बद्लिन सकिरहेको छैन् 
संसार कसरी बदलिन्छ 

अनि अचानक नव उर्जाको संचालन हुन्छ 
जुरुक्क उठ्छु 
कडक च्या पिउँछु 
अनि फेरि लमतन्न सुत्छु 
आफै संग मुसुमुसु हाँस्छु 
अनि भन्छु 
नाँपिस!!!ल्याइस तैले परिवर्तन

फेरि अर्को बिहान मस्तिष्कका कोसिकाहरु 
खटिन्छन 
संसार बदल्न,सोच बदल्न ॥

Murdering my Mother

Murdering my Mother 
(Sagarmani Dhakal 23.11.19)

I know there ain’t no rain for pretty long time
Your strides dusts off the loosened mud
Your shining shoes are soon going dirty
With unexpected storms and flood

The plastics that dance in the windy air…
The papers and waste flow down the gutter
It is me who have been doing all this
I was supposed to make this world better..

But…I welcomed people to marbled floor
Welcome mat and expensive carpets
Repellents and air fresheners to lure the guests
I built my home admits the waste
Thrown by me..

The world outside no longer belongs to me
I have my beautifully painted walls
To keep me in illusion that I am clean
While the world outside is diffusing…
Into a planet full of poison.
Soon to collapse…engulfed by poisonous gases.
Nurtured by MEN..
I knew the world would end one day..
But never knew..we would murder it. (Sagarmani)

शुन्यतामा दिदी (छुजानचेन कि दिवंगत दिदी प्रति समर्पित-सागरमणि ढकाल-25.11 19)

शुन्यतामा दिदी 
(छुजानचेन कि दिवंगत दिदी प्रति समर्पित-सागरमणि ढकाल-25.11 19)

हिजो दिदीको घरमा पुगें
सेतो डेराले ढाकिएको आँगन
सेता वस्त्र धारण गरेका छोराहरु 
अनि दिदी नभएको शुन्यता ॥

तिन दिन भएछ दिदी बितेको 
त्यहि सुर-सार लोक किर्तिको 
आउने संग बोल्नु पर्ने हाँस्नु पर्ने 
के कसरी भयो सुनाँउनु पर्ने ॥

संधै दिदीले चिया खाएर जानु भन्ने 
अलिकति कडक- कति स्वदिलो 
हिजो त चिया पनि खल्लो थियो 
सायद वहाको हाथकै कमि थियो ॥

संसारको नियम नै कि त खेला 
बिस्तारै तिमीलाई भूल्नु पर्ने होला 
तर त्यो हँसिलो अनुहारमा स्नेह छरिएको 
त्यसैले त होला आँगन आफन्तले भरिएको॥ 

पाँच पाण्डव झै दाजु भाई एकत्र 
सायदै निकै भएको थियो होला दिदीले नदेखेको 
बुहारी छोरीहरु समग्रमा
तिम्रो अन्तिम विधाइमा बाँधिएको ॥

अनि फेरि सुन्सान हुनेछ घर 
सबैले कर्म आफ्नु निभाँउनै छ
बस आमाको पुकारहरु त्यहिं हवामा संधै 
घुमिरहन्छन होला 
सुन्सान शुन्यतामा -- बहिरो मन्॥

Time for new evolution (Hating to be a homo sapiens)

Time for new evolution 
(Hating to be a homo sapiens)
Sagarmani Dhakal : 13.12.2019

Who are these people running the nation being politicians?
Is Democracy still a Democracy? 
When we say we don't want what makes you feel you can force it on us? 
Weren't we the ones who voted for you to be our voice?
Why does your principles overpowers our opinions?
Why are just 100-200s of you always feel that whatever you do it right?
What will happen if you call back whatever you have passed?
Do you have to suffer or have you really struggled like a common man? 
What makes your thoughts superior over our thoughts? 
Aren't we capable of understanding what is right and what is wrong for us? 
Should democracy still prevail??

Money has become so powerful and so called politicians have accumulated so much of money, a common man has become an inferior species in front of them.
It's time for new system to come in place. Where wealth than a particular amount should be a point for disqualification to contest elections. 

Does political thinkers have free will to express their opinions?

Democracy is veiled. It does not stand strong anymore to cater the current political needs.

A new system is need of an hour.  
It is time for a dooms day, pralay. Everybody should die and new species should evolve with better thoughts and principles. 

I dream of a world where there is no country, religion or competition. Where we are born innocent as animals and die our our fate. Let Lion be the king and let our special abilities that tags us as humans be taken back by the nature.

Time for another evolution.

जिन्दगी एउटा टाइम पास

जिन्दगी एउटा टाइम पास 
(सागरमणि ढकाल-22.01.2020)

संसारिक माँयाजालमा यो जीवन एउटा टाइम पास मात्र रहेछ
कसले के कसले के गर्दै यो जीवन धाँनी रहेछ। 
जीवनको उदेश्य न कसैलाई थाहा नै छ र थाहा नै हुनेछ 
समय चक्र संग जीवन दिन्हु वितिरहेछ, चलिरहेछ।
मैले यो गरें त्यो गरें भन्नेले पनि टाइम पास नै गरे 
मैले क्यै गरिन भन्नेले पनि टाइम पास नै गरे 

बस टाइम पास हाँसेर गर्ने कि दुखि भएर त्यो टाइम पास गर्ने कै च्वाइस हो 
हासेर गरे टाइम पास भएको थाहा हुँदैन 
दुखि भए टाइम पास हुँदै हुदैन 

सबै जना आफ्नो आफ्नो टाइम पास गरौं 
कसले कसरी गर्ने त्यो लेखेर नै आएको हुन्छ  
अरुले कसरी टाइम पास गर्छन भनेर नसुर्ताउ 
आफ्नो टाइम गजबले पास गरौं॥

म यथार्थमा आजको सिक्किमे

म यथार्थमा आजको सिक्किमे 
(सागरमणि ढकाल- 12.02.2020)

मलाई खान, लाउन र सुत्न दुख छैन।
मेरोमा कसो कसो प्राप्त गरेको केही certiificates हरु छन् तर मेरोमा त्यत्रो भुकुन्द्रै ज्ञान पनि छैन। मैले पढेका प्राय कुराहरु मैले बिर्सिसके। कतै अबर पर्नु पर्दैन किनभने मेरोमा समार्ट फोन र गुगल छ। म आफैलाई समाजको एउटा गतिलै मान्छे हु भनेर चिनाउन मन पर्छ तर मेरोमा त्यो विग्न confidence पनि छैन।

 म नोकरीवाला हो भने मेरो savings गर्ने बानी छैन। फिजुल खर्चले होला मेरोमा रुपियाँ त्यति बस्न मान्दैन। तर कसो कसो मेरोमा पैसा छ भन्ने भान सबैलाई बनाउन म सफल भएको छु। मेरो प्राय भर अबर मेरो आमा बाबुले नै टारीरहेका छन्। 

मेरोमा नोकरी छैन भने पनि म कमाउने सरह नै आफैलाई पेस गर्छु। सानो नोकरी छ भने निकै ठुलै नोकरी भएको जस्तो व्यवहार गर्छु। 

मलाई कसैको उपदेश सुन्न मन पर्दैन तर दिन भने म संधै अग्रसर रहन्छु। 
मेरोमा ठुलो गाडी लोनमा हुन्छ तर तेल हाल्न भने संधै हम्मे हम्मे नै पर्छ। 

मलाई सबै नेताहरुले नजिकबाट चिन्न सकुन भन्ने भावना आउँछ। नेता संग बोल्न पाउँदा एक दुईवटा सुझाउ पनि ठोकी हाल्छु र कुनै पल नेताले नभ्याएर नबोल्दिदा नेता बद्लिएको जजमेन्ट म आफै सुनाउँछु ।

अर्कोलाई फुर्के भन्न म संधै अग्रसर। मेरो कुरा नसुनेर उल्टा मलाई नै कुरा सुनाँउने जति त झनै फुर्के लाग्छ मलाई। 

म "मै हुँ" भन्ने स्वभावको छु। कसलाई निचा देखाउनु छ भने म सुनेका मन घडन्त कुराहरुलाई मसला थपेर आफुले नै सुनेको-देखेको सरह अरुलाई सुनाउँछु। "तिमीलाई थाहै छैन रहेछ" भनेर शुरु गरेको मनघडन्त backbiting ले मिठो गफको परिभाषा नै बद्लिसक्यो। "कसैलाई नभन्नु है" भनेर मैले धेरैका secret खबरहरु भाइरल बनाइसके। 
म मात्र जान्ने र अरु चै मूर्ख नै हुन भन्ने भावना मेरो मनमा सहजै आइ हाल्छ। कसैले अलिक अग्रसर भएर केहि काम गर्न चाह्यो भने म उसलाई सहजै "के सार्हो बाट्ठे भएको" भन्ने शब्द प्रहार गर्न पछि पर्दिन। उसैलाई त भन्ने आँट हुँदैन तर वरिपरिकोलाई म मज्जाले सुनाउँछु। 
मलाई कसैलाई राम्रो भन्नै आउँदैन। मेरो प्राय जस्तो मान्छे प्रतिको प्रतिक्रिया negative नै हुन्छ। केवल एक दुई जना होलान मैले राम्रो भन्ने मान्छे, त्यो पनि मलाई राम्रो गरेको छ भने मात्र। 

म खिल्ली उढाउन त झन champion. 
म प्राय नै सफल व्यक्तिहरुमा खोट निकाल्न खोज्छु। मेरोमा कसैको राम्रो पन देख्ने नेत्रहरु छैन। 

कुनै कुरा व काम गर्नमा म अस्मर्थ छु भने म सक्दिन भन्ने मेरोमा बानी छैन। म आफैलाई व्यस्त बताउछु व म मान्छे अनि काम सबैलाई  ignore गरेर टाडा भाग्छु। 

म त्यस्तो ब्यस्त मान्छे पनि हैन। म अल्छे छु। म ढिलो सुत्छु, ढिलो उठ्छु। म दिनमा 2 देखी 5 घन्टा सम्म मोबाइल मै बिताउँछु। मोबाइलमा धेरै जसो कसैले हालेका हसाउँने भिडियोहरु हेर्छु। 
कुनै ज्ञानको कुरा छ तर लामो छ भने म हेर्न रुचाउदिन। मलाई जे पनि short and sweet चाहिन्छ। म मेरो प्रोफाइलमा भाणन दिदै गरेको फोटो हाल्न रुचाउँछु नभए कोइ नेता संग उभिएको फोटो। 
म त्यति काम लाग्ने व्यक्ति भएको छुईन 
म उदेक र अचम्मको मानिस भएको छु 
म को हुँ?? 
म यथार्थमा आजको सिक्किमे हुँ।

Being that 90's kid

Being that 90's kid
(Sagarmani Dhakal - 19.02.2020)

When I stride through the mud I grew
There is this nostalgia that hits me through
The dirty clothes marbles chuckling in the pockets 
Ball made of socks and the paper rockets 

Well I always love to be
That 90's kid who never worried 
Of what I ate and what I wore 
That is my only music and my only folklore 

Rotating antennas for the Sunday's show
Running behind cars while the horns blow 
Pending homeworks as the day turned  dawn 
Thrashed by parents and the faces frowned.

The wheels made up of rubber pipes
Plucking fruits whilst they weren't ripe
Running to pick when the telephone rang
Memorising numbers as much as we can

Well I always love to be
That 90's kid who never worried 
Of what I ate and what I wore 
That is my only music and my only folklore

The newspaper kites when took the flight 
Running bare footed oh what a sight 
Lazy to bathe lazy to wash 
Woke up early and slept real fast 

The letters I wrote for the first school crush 
Stacked beneath the pillow I had no guts 
Her only smile made my year
There were no talks or dates Oh!! dear. 

Favourite numbers recorded in an empty cassette for free 
Playing it on full volume on Sunday cleaning spree 
The radio and tape recorder 
Best gadgets for life
A notebook full of songs with pictures of favorites

Well I always love to be
That 90's kid who never worried 
Of what I ate and what I wore 
That is my only music and my only folklore

If I had that only chance 
I would love to have at least a glance 
Of the time that I actually lived 
No bondage, No Ego, I was just free.

ड्रग्सको महामारीमा म सिक्किमेको भविष्य खोज्दैछु

ड्रग्सको महामारीमा म सिक्किमेको भविष्य खोज्दैछु
(सागरमणि ढकाल 21.02.2020) 

घाँटीमा कालो नक्षत्रको आकार खोपेर 
लामो केसराशीमा गेरुवा रंग मलेर 
आँखाका परेली उघिर्न नसक्ने अवस्थामा 
म मेरो भविष्य खोज्दै छु॥

हातका पाँचै औंलामा अंग्रेजीका काला अक्षर "D E V I L" खोपेर, बिमार नभएता पनि दुखेको बेला खाने औषधि टन्न धोकेर, 
सुकेका ओठ लर्बराएको अवस्थामा 
म मेरो अभिमान खोज्दै छु॥

हातका नाडीमा कालो अक्षरले आफ्नो नाम खोपेर, 
नसाहरुबाट रगत संग बर्जित पदार्थहरू मिसाएर, 
आफ्नै  नाडीमा खोपेको नाम पढ्दै अचेत अवस्थामा, 
म आफ्नो पहिचान खोज्दै छु॥

आमा बाबुले कमाएको पैसा चोरेर,
स्कुलमा तिर्नुपर्ने पैसा माँसेर
रोजगारको कुनै ढोका ढक्ढक्याँउने हतियार नबोकी 
बेरोजगारीको कुमलो बोकेर 
म आफ्नो भाग्य खोज्दै छु॥

संसारमा जन्मिएको मुल्य नबुझेर 
पैसा कमाउने सजिला माध्यमहरु खोजेर 
ब्राउन सुगरले आफैलाई अनि समाजलाई रोगी बनाउँदै 
म मेरो नानीहरुको भविष्य सपार्दैछु ॥

युहान शहर कोरोनाले सखाप पारे सरह 
इबोलाले अफरिका तबाह पारे सरह 
ट्याबलेट, कालो, कोकैन, ब्राउन सुगरले 
सिक्किमलाई स्वाह पारेर 
ड्रग्सको महामारीमा म सिक्किमेको भविष्य खोज्दैछु॥

कस्तो रंग लगाँउ तिमीलाई?

कस्तो रंग लगाँउ तिमीलाई? 
(सागरमणि ढकाल 01.03.2018) 

कस्तो रंग लगाँउ म तिमीलाई 
यो संसार नै रगताम्मे रातो छ।
ईर्ष्या द्वेष प्रबल छ जताततै 
यहाँ मनको रंग पनि कालो छ॥

कस्तो रंगले पोतौं तिमीलाई 
सेतो पनि मैला कालो छ।
हरियो त पहेंलो छ सुकेर 
यहाँ त पानीको रंग नै धमिलिएछ॥

लाली परेको अोठबाट
काली परेका शब्द छरिन्छ।
गुलाबी रंगका मुखारविन्दमा 
सादा स्नेहहिन मुस्कान देखिन्छ॥

म कस्तो रंगले पुजा गरौं भन 
तिम्रो सिन्दुरको रंग धरि उढेछ। 
संसार त रंगीचंगी भएछ तर 
तिम्रो रगत चाँहि सेतो भएछ॥

India Beat the THANKYOU tone


India Beat the THANKYOU tone
(Sagarmani  23.03.2020)

India beat the THANKYOU tone
For the hardwork and the solidarity shown
By the workers fighting the disease 
While we stayed home at ease

Maybe after a long time 
Nation came as one 
All against an invisible enemy 
Which differentiates none

Let's continue this camaraderie
Till the war is won
Isolate ourselves 
and save the Nation.

घर बसौं समाज बचाँउ

घर बसौं समाज बचाँउ
(सागरमणि ढकाल -25.03.2020)

यो कोरोना खेलाइची होइन
मैले डर देखाएको होइन ।
घर भित्रै बसौ सबै 
नभए जिउन पाइने छैन॥ 

एक बाट दस हुन्छ
दसबाट सय ।
सयबाट बढदै हजार
हजारौं भएसि प्रलय ॥

छेउमै मर्छन् हजार तिमीले
रुन भ्याउने छैन। 
आफ्ना नै जाँदा पनि
तिमीले छुन पाउने छैन ॥

कम नआंके हुन्छ
यसले सर्वनाश नै गर्छ ।
त्यो मात्र बाँच्छ जो अहिले देखि 
आफ्नो घरमा बस्छ ॥

हो! अल्छी लाग्ला, औडा होला 
अरु औषधि नै छैन।
घर बस्नाले समाज बाँचनेछ 
यो सानो प्रयास होइन॥

म आफ्नो मृत्यु निमत्याउँदैछु

म आफ्नो मृत्यु निमत्याउँदैछु
(सागरमणि ढकाल - 27.03.2020)

आ!!!बेकारको कुरा हरु 
कहाँ जाउँ? के गरौं? भन्दै 
अट्टेरी गर्दै सरकारी अध्यादेशहरुको 
म आफ्नो मात्र नभएर 
सबैको मृत्यु निमत्याउँदैछु॥ 

अरुबेला दुध लिन जान अल्छी लाग्ने मलाई 
ब्लेक टि कहिले नखाएको सरह 
म दुधको चिया नखाए मर्छु होला भन्दै 
दोकानमा भिड गरेर 
म आफ्नो मात्र नभएर 
सबैको मृत्यु निमत्याउँदैछु॥

घरमा दुई तिन महिना चल्ने सिलिण्डर 
हुँदा हुँदै 
गोदाममा छ महिना देखि लडिरहेको 
सिलिन्डर भर्न 
लाइनमा बसेर 
म आफ्नो मात्र नभएर 
सबैको मृत्यु निमत्याउँदैछु॥

भात र सुक्खा सब्जीले टन्न भुँडी भर्ने म
अल्छी लाग्दा वाई वाई र मेग्गी धोकेर सुत्ने 
आज सिबीको दाल खोज्दै बजार बजार घुमेर 
भिड बढाउँदै 
म आफ्नो मात्र नभएर 
सबैको मृत्यु निमत्याउँदैछु॥

महिनामा एक दुई पटक माछा मासु खाने 
आज खसीको माँसु नखाए 
भुँडी फुट्छ होला सोच्दै 
म दशै सरह माँसु खोज्दै 
भिड बढाउदै 
म आफ्नो मात्र नभएर 
सबैको मृत्यु निमत्याउँदैछु॥

क्यै कारण नै नभै CL लेखेर 
घरमा टि भी हेर्दै सुत्ने म
आज, यसरी कसरी संसार चल्छ भनेर 
नेता सरह मान्छे उचाल्दै 
म आफ्नो मात्र नभएर 
सबैको मृत्यु निमत्याउँदैछु॥

मृत्युलाई नबोलाउ

मृत्युलाई नबोलाउ
(सागरमणि ढकाल - 30.03.2020)

अट्टेरी गरि डुलिरहेछौ वर पर
अमर हुँ सोची किन?
हाँस्छौ त्रासित मान्छे ‌देखि हर पल
सुरो छु सोची किन?

लडिरहेछन हजार भगवानहरु रणमा
संसार जोगाँउन।
किन तम्सिन्छौ बाहिर निस्की सुरो भै 
मृत्युलाई बोलाँउन ॥

टाडा आफ्ना देवताहरु घरमा, उनि
भगवान झै लडदछन ।
जोगाँउन तिमीलाई अदृश्य सत्रुबाट
हर घडिमा मर्दछन॥

डाक्टर, नर्श, प्रहरी, भगवान सरि 
लडिरहेका छन् हेर ।
मेहनत तिनको, नटेरीले तिमीले 
किन हौ फाल्छौ खेर ॥

सफाई कर्मीहरु हेर दिनहुँ 
तिम्रै निम्ति खट्दछन्।
मरे बरु मरियोस भनि हर निमेष 
तिम्रै निम्ति डट्दछन ॥

किन बुझ्दैनौं ए मुर्खहरु हो 
घर भित्र बस्नु त हो। 
किन हतारिएको तिमी तिम्रै
मृत्यु बोलाँउन हो ?

मलाई ठिकै छ।

मलाई ठिकै छ। 
(सागरमणि ढकाल 25.05.2020)

तिम्रो असफलताको दोष, म माथी थोपदा, तिमीलाई शान्ति हुन्छ भने, मलाई ठिकै छ॥

तिम्रा गलत निर्णयहरुको फलहरु, मेरा ठाउँकोमा रोप्दा,  तिमीलाई आराम हुन्छ भने, मलाई ठिकै छ॥

तिम्रो असहजताको हड्कम, मलाई थोपर्दा, तिमीलाई सन्चो हुन्छ भने 
मलाई ठिकै छ॥

मलाई दोष्याउदा, तिमीले आफूले आफैलाई माफ गर्न सक्छौ भने, मलाई ठिकै छ॥

म तिम्रो लागी कहिले चम्चे भएँ, कहिले चम्काँउने भँए।
तिमीले म बाट, तिम्रा फायदाको निम्ति, राखेका अपेक्षाहरु पुरा नहुँदा 
म फाल्टु भएँ, तिम्रो द्वेष संवादको पात्र भएँ ।

बुता त तिम्रोमा छैन, अहम् जति नै विशाल भएपनि ।
कटु शब्दका शब्दकोश न हौ अरु के जान्यौं होला र बढि ॥

मुखबाट बोलेका शब्दहरुको मोल राख्न सक्दैनौ भने, बरु नबोल्। 
अर्काको भलो नचिताँउनेको भलो नै कहिले भयो र? 

कलि युग हो यो, कर्मको फल यहाँ निमेषमा नै पाइन्छ,
तिम्रो पिडा हेर्न भगवानले तिमीबाट प्रताडिएकालाई पठाउँछ॥

दिउँसो कटनी

दिउँसो कटनी ॥
(सागरमणि ढकाल-27.05.20)

जीवन यसरी नै त चल्नु रहेछ
रात परेसी सुत्नु, बिहान भएसी उठनु रहेछ। 

कसैले नसुति हुदैन, कसैले नउठी हुदैन

जन्मनु उठे सरह!!
मृत्यु सुते सरह!! 

त्यै दिउँसो गरिएको समय कटनी त जीवन रहेछ।

सानो छँदा पठन-पाठनमा दिउसो कटनी, 
बढदै जाँदा काम-परिवार मै दिउँसो कटनी।
बुढो हुँदै जाँदा आइया-आत्थामा दिउँसो कटनी।

अनि चिर निन्द्रामा सुत्छ शरिर फेरि उठ्नलाई 
दिउँसो कटाँउन॥

आइफोन 11 प्रो ( I Phone 11 Pro)

आइफोन 11 प्रो  ( I Phone 11 Pro) 
(सागरमणि ढकाल- 26.06.2020)

विदेशिएका आइफोन 11 प्रोहरुलाई
स्वदेशी माटोको महक कहाँ आँउछ र
मेनहेटन र टेक्सासको चहक महक
ओखरबोटेमा कहाँ पाइन्छ र॥

डालरले भिजेको दिमागलाई 
रुपियाँ जाबो के हो र
माइला फुपाजुको घरको ठेगाना 
"जि पि एसले" कसरी भन्थ्यो र ॥

खेताला धाँउने सोमे र गोब्रे 
सर्भेन्ट कहाँ हुन्थे र
घुँडा फाटेका पैन्टहरु 
जारा( Zara)  किन हुन्थ्यो र ॥

सहयोग आफन्तको च्यारिटी भएसी 
परिवार कहाँ बन्थ्यो र 
सदस्य- कर्मचारी सरी भएसी
माँया किन बढ्थ्यो र॥

अघि "हेलो हाव आर यु" हाँसेर 
पछि कटुशब्दले डिक्सनेरी भरेछ
आई फोन 11 प्रोको संस्कारले 
प्रेमको स्क्रिन नै फुटेछ॥

कोरोनाले रोकिएका मलामीहरु

कोरोनाले रोकिएका मलामीहरु
(सागरमणि ढकाल -27.06.2020)

कोरोनाले रोकिएका मलामीहरु 
भुटुवा र रक्सी धोक्दैछन् ।
आइ एम सरी फर यर लस भनेर 
नजिकिन खोज्दैछन् ॥

मुखटो लगाएको व्यक्तित्वमा 
अझ मास्क पनि थप्दैछन ।
कोरोनाले रोकिएका मलामीहरु
करावके(Karaoke)  गाउँदै रम्दैछन्॥

लिफामा सजिएका संवेदनाहरु 
कोरियर सरह पुग्दैछन ।
कोरोनाले रोकिएका मलामीहरु 
आफ्नो ढ्वांगको रिण तिर्दैछन्॥

कोरोनाले रोकिएका मलामीहरु 
लम्पसार अोच्छयानमा सुत्दैछन्।
प्रोटोकोलको बाहनामा बरु
दुइ चार हात खेल्न खोज्दैछन् ॥

साहित्य माफिया

साहित्य माफिया
(सागरमणि ढकाल 28.06.2020)

साहित्य धनि नभएर 
धनाढ्यको साहित्य भएछ।
बलिहुडको फ्लिमफेर सरह
अवार्डमै सिमित रहेछ॥

सम, पौडेल, देवकोटाका ति रचना
छुने गर्थे मनको अन्तहमा।
जाबो उम्रिन्दैको तिनपाते नव युवाका सोच र लेखहरु
दर्हो भएछ यो साहित्य माफियाका गुठहरु॥

चयन गर्ने उनै, आलोचना, समालोचना गर्ने उनै 
सम्मान उनकै, सम्मानित उनकै 
पैसा उनकै, छापाखानाका सम्पादक उनैकै।

गाँउका पुराना ताकमा राखिएका
रोले खाताका बिचमा कोरिएका अमृतहरु
त्यसै त माउले खाएको होइन होला ॥

किन गाँउछन होला अझै बुढापाका भानुका रामायणका श्लोकहरु?
किन अझै दिन्छन उपदेशस्वरुप पौडेलका पंक्तिहरु?
रस पान गरे थिए साहित्यको कुनै समय
गोठमा बसी
बाँधिन सकेन साहित्य ठुला बढाका बुकसेल्फका 
मेमोवर(Memoir) बनि॥

हुन त पाठक नै घटेर गइसकेपछि 
पढने इच्छा नै मानिसको मरिसकेपछि 
मातृ भाषा नै पोली खाएपछि 
को भिडने स्वज्ञानी माफिया संग अघि सरि॥

अरुका जस्ता बेस्ट सेलर
हाम्रो पनि भैदिए
पढ्ने पाठकको जमात राम्रो भैदिए 
टारी खेतमा रचिएका साहित्यहरु
आज विश्वकै पुस्ताकालयहरुमा अदभ संग सजिएका हुने थिए
पुराना भानुभक्त, पौडेल, देवकोटाहरुलाई इतिहासमा पढेर 
नव भानुहरु पाठ्यक्रममा उदाउने थिए। 

संगठन उनकै, केहि ठुला पाठक उनकै
नेपाल, बर्मा, आसाम, दाजिलिङ उनकै
 सिक्किम, अरुणाचल, सिलाङ उनकै 

टिस्टे, फिस्टे, सानोभाई ठुलोभाईका
कलामृतहरु आफ्नो जीवनको कमाई लगाएर गुम्सिएका छन् साना पुस्तकहरू मा 
कतै धुलो लागेर लडिरह्यो 
कागज-बोतलवाला ले लगिरह्यो ।

मेरो सिर्हानीमा एउटा प्रतिलिपि त छ
त्यो संघर्षको याद दिलाँउन 
एसो पल्टाएर हेर्छु
मैले लेखे जस्तै लाग्दैन 
बिर्सेछु कि हो शब्द बुन्न 
बिर्सेछुकी मैले साहित्य गुन्न। 

साहित्यका माफियाहरु जता ततै रगरगी
मेरो पो पत्ता काटिन्छ कि भनि डरसरी 
धुलो नै लाग्दैछन् ति मा पनि सायद पानी पुगेन 
साहित्य पार्ने सायद त्यो मधानी नै भएन।