Sunday, June 28, 2020

कोरोनाले रोकिएका मलामीहरु

कोरोनाले रोकिएका मलामीहरु
(सागरमणि ढकाल -27.06.2020)

कोरोनाले रोकिएका मलामीहरु 
भुटुवा र रक्सी धोक्दैछन् ।
आइ एम सरी फर यर लस भनेर 
नजिकिन खोज्दैछन् ॥

मुखटो लगाएको व्यक्तित्वमा 
अझ मास्क पनि थप्दैछन ।
कोरोनाले रोकिएका मलामीहरु
करावके(Karaoke)  गाउँदै रम्दैछन्॥

लिफामा सजिएका संवेदनाहरु 
कोरियर सरह पुग्दैछन ।
कोरोनाले रोकिएका मलामीहरु 
आफ्नो ढ्वांगको रिण तिर्दैछन्॥

कोरोनाले रोकिएका मलामीहरु 
लम्पसार अोच्छयानमा सुत्दैछन्।
प्रोटोकोलको बाहनामा बरु
दुइ चार हात खेल्न खोज्दैछन् ॥

No comments:

Post a Comment