Sunday, June 28, 2020

मलाई ठिकै छ।

मलाई ठिकै छ। 
(सागरमणि ढकाल 25.05.2020)

तिम्रो असफलताको दोष, म माथी थोपदा, तिमीलाई शान्ति हुन्छ भने, मलाई ठिकै छ॥

तिम्रा गलत निर्णयहरुको फलहरु, मेरा ठाउँकोमा रोप्दा,  तिमीलाई आराम हुन्छ भने, मलाई ठिकै छ॥

तिम्रो असहजताको हड्कम, मलाई थोपर्दा, तिमीलाई सन्चो हुन्छ भने 
मलाई ठिकै छ॥

मलाई दोष्याउदा, तिमीले आफूले आफैलाई माफ गर्न सक्छौ भने, मलाई ठिकै छ॥

म तिम्रो लागी कहिले चम्चे भएँ, कहिले चम्काँउने भँए।
तिमीले म बाट, तिम्रा फायदाको निम्ति, राखेका अपेक्षाहरु पुरा नहुँदा 
म फाल्टु भएँ, तिम्रो द्वेष संवादको पात्र भएँ ।

बुता त तिम्रोमा छैन, अहम् जति नै विशाल भएपनि ।
कटु शब्दका शब्दकोश न हौ अरु के जान्यौं होला र बढि ॥

मुखबाट बोलेका शब्दहरुको मोल राख्न सक्दैनौ भने, बरु नबोल्। 
अर्काको भलो नचिताँउनेको भलो नै कहिले भयो र? 

कलि युग हो यो, कर्मको फल यहाँ निमेषमा नै पाइन्छ,
तिम्रो पिडा हेर्न भगवानले तिमीबाट प्रताडिएकालाई पठाउँछ॥

No comments:

Post a Comment