Friday, July 28, 2017

कलमले कागज भिजाउन आउँछ

कलमले कागज भिजाउन आउँछ
(मलाई लेख्न प्रोत्साहन गर्नेहरु प्रति कृतज्ञता स्वरुप- सागरमणि ढकाल)
न त मलाई छन्द अलंकार नै आउँछ 
न त शब्द मुछेर पस्किन आउँछ
मेरो त केवल भक्कानो फुटेर आउँछ
पिडा र वेदना भरिएर आउँछ।।
न त मलाई छठयाँइ बठयाँइ नै आउछ
न त देब्रे दाहिने घुमाउन आउँछ।
मेरो त सोझो मन रुएर आउँछ
माँयाले मन दुखेर आउँछ।।
न त मलाई व्याकरणका नियम नै आउँछ
न त कुनै रिचाहरूको अर्थ खोज्न आउँछ
मेरो त रगत उमलिएर आउँछ
दुखले भावना पग्लिएर आउँछ।।
न त मलाई कसैलाई सम्झाउन आउँछ
न त अंगालोमा भरेर पिर बाड्न आउँछ
मेलाई त केवल मेरा विचार पोख्न आउँछ
कलमले कागज भिजाउन आउँछ।।

केवल स्त्री देख्छन म माता

केवल स्त्री देख्छन म माता
(रानिपुलमा नाबालिग माथी घटित शारिरीक शोषणको घटनाको निन्दा स्वरुप मेरो प्रतिक्रिया - सागरमणि ढकाल)
मलाई कहिले देवीको स्वरुप भनि पुजिनछ
सिर निहुँराएर मेरो प्राथना गरिन्छ। 
कणये केटी भनि अक्षता प्रसाद चढाइनछ
काली महाकाली भनि डर भगाइनछ।।
मेरो निम्ति उपवास ब्रत राखिन्छ
खाली खुट्टा हजारौं पाइला चालिनछ।
बलि स्वरुप भेडा बाख्रा काटिन्छ
कुल देवि भनि हजारौं निर्दोष छिनाइनछ।।
म औरत हुं निर्मल सोझो स्वभाव कि
दुखि मरदलाई दिशा निर्देश देखाउने।
म सन्तान जन्माउने मेसिन उनिहरुको
पिडा कस्ट संग छोरा छोरी हुर्काउने।।
म पनि त तिम्रो छोरी नै हुं आमा
म पनि त तिम्रै नागरिक हुं।
म पनि त लड्दै तिम्रो निम्ती
आफ्ना सन्तान पनि सम्हाल्छु।।
तर म यहाँ सुरक्षित छुइनँ अब
मेरो रक्षाको लाग्छ मलाई सन्देह।
तिम्रा छोराहरु असक्षम भए अब
बरु कुटछन पिटछन गर्छन् बलात्कार हेर।।
म त डरमा बाँचिरहेकिछु
उनिहरुको प्यारो म छुइन।
म त केवल बच्चा जन्माउने कारखाना भए
आमा, छोरी, दिदी बहिनी म होइन।।
तिमीहरु प्राथना गर्ने ढोंग नगर अब
मेरो इज्जत त गर्न सक्ने छैन।
बलि नदेउ मेरो निम्ति अब
तिम्रो टाउकोले समेत मलाई पुग्दैन।।
मलाई कसैले त शरण देउ
कोइ त अघि सर बचाउन।
मेरा देशवासी अन्धो भए - म त जननी हुं
केवल स्त्री देख्छन म मा त, केवल स्त्री देख्छन् म माता।।

आफुलाई के ले मार्ने हो?

आफुलाई के ले मार्ने हो?
(रिनाक कि मृतक बहिनी प्रति समर्पित - सागरमणि ढकाल)
मेरो के गल्ती थियो र
संधै झैं स्कुल जांदै आउदै गर्ने म।
रक्सी त तिमीले पो खाए थियौं
व्यर्थै किन मर्नु पर्यो म।।
तिमी पो ट्रक चलाइ गुजारा गर्छौ
मेरो त सपना बिगारी दियौ ।
तिम्रो मात त अझै उत्रिएको छैन होला
मेरो त संसार नै उजाडी दियौ।।
आमा-बा रोइ रहेका होलान
मेरो शरिर चिसो, अचेत अचल।
तिम्रो त लतले माग्दै छ होला
रम भोड्काका बतल।।
कैले बदलिने यो प्रणाली
कहिले हुने सब सजग।
पर्दा मात्रै आवाज उठाउने
यो कस्तो समाज छ अजब।।
मलाई त रक्सीले मार्यो
अरुलाई के ले मार्ने हो।
कि त निशब्द, रमिता हेर्ने भएर
आफूले आफैलाई मार्ने हो।।

Thursday, July 27, 2017

सिक्किम

(गीत लेख्ने प्रयासमा - सागरमणि ढकाल)
खोला नाला अविरल बग्ने
चाँप गुराँसले सजिएकी। 
कञ्चनजंघा स्वेत अढिक छ
गौरवान्वित उभिएकी।।
बन जंगल छ घनघोर हाम्रो
स्वर्गको यो फुल बारी।
नम्र स्वभावका जन जाति छन
हाँसी रहने नर नारी।।
कल कल गर्दै कुद्ने खहरा
हरिया सुनौला बारी खेत।
चिर चिर गाउने चरा चुरुंगी
यस्तै छ सिक्किम सुन्दर स्वदेश।।
पाखा पँधेरा कोइली गाउछे
कुहु कुहु गर्दै सुमधुर गीत।
प्रेम लहरको भावनामा मग्न
प्रकृतिको यो अनुपम रित।।

म हेर्छु नामची राबोंगलाका टाकुराबाट

म नियाल्ने गर्छु तिमीलाई
राबोंगला नामचीका टाकुरा बाट
तिमीले गरेका कर्महरुको
मुल्यांकन गर्दै चुपचाप
त्यही छुलया मन मान्छे नगन्ने
सिर निहुँराएर आउछौ कहिले
पछुतो त रति भरै छैन
बरदान मात्र मांगने जहिले
म त प्रेम र सद्भावनाको दुत हो
धमिलो मनलाई पखाल्ने।
कसरी पखालौ तिम्रो पापको घैलो
स्वार्थले मात्र सदैव भरिने।।
आफ्नो, आफु मात्र सोच्ने तिमी
स्वयं लाई मात्र अघि राख्ने।।
प्राथनामा त अरुलाई राख कम से कम
बाटो मन सुद्धि गराउने।।
म हेर्छु नामची राबोंगलाका टाकुराबाट
मै हुँ कर्म केलाउने।।
मै हुँ तिम्रो सहि गलत बुझने
तिमीलाई न्याय दिलाउने।।

Thursday, April 16, 2015

The Silence Screams…..

The Silence Screams…..

The silence roars out to the silent ones
SCREAM you dumb ones...
SCREAM and point fingers at the wrong that is happening
And the wrong that is being done…..
SHOUT at the Wrongdoers else
They will be ready any time sooner
To slice off your tongue to make you disabled...
Disable to raise your voice
And the Silence will prevail
Silence not of Peace but
An injury….
That will bleed and bathe the society
With negativity, corruption, depression..
The Silence screams though unheard to ears
But heard by eyes that witness
The diffusing silence of peace….

Sagarmani

Friday, April 10, 2015

CHASING HAPPINESS

I sit blank…
The pointed knife of emotions piecing my heart
Which resists the wound to its epitome
And the tear oozes…..
Chocking the happiness, plans and the so called life
Points at me and laugh..
You boast that now you have everything to lead me.!!!
But where is the happiness? The basic ingredient.!!!
And I search in every nook and corner of my memory
Interrogating about where did I go wrong??
When did I last become relaxed and happy?
Where did I fuse the chord to living??
And there are flashes of memories
Which just chokes and tears no more
Realizing…I just Ran…Ran like a Cheetah
Striding the farthest steps I could..
Illusioned…that happiness is in the diffusing horizon
And I am just few large gallops away
Achieving it..
When happiness was just inside my heart..

Pierced by an imaginary sword… Sagarmani