Sunday, June 28, 2020

शुन्यतामा दिदी (छुजानचेन कि दिवंगत दिदी प्रति समर्पित-सागरमणि ढकाल-25.11 19)

शुन्यतामा दिदी 
(छुजानचेन कि दिवंगत दिदी प्रति समर्पित-सागरमणि ढकाल-25.11 19)

हिजो दिदीको घरमा पुगें
सेतो डेराले ढाकिएको आँगन
सेता वस्त्र धारण गरेका छोराहरु 
अनि दिदी नभएको शुन्यता ॥

तिन दिन भएछ दिदी बितेको 
त्यहि सुर-सार लोक किर्तिको 
आउने संग बोल्नु पर्ने हाँस्नु पर्ने 
के कसरी भयो सुनाँउनु पर्ने ॥

संधै दिदीले चिया खाएर जानु भन्ने 
अलिकति कडक- कति स्वदिलो 
हिजो त चिया पनि खल्लो थियो 
सायद वहाको हाथकै कमि थियो ॥

संसारको नियम नै कि त खेला 
बिस्तारै तिमीलाई भूल्नु पर्ने होला 
तर त्यो हँसिलो अनुहारमा स्नेह छरिएको 
त्यसैले त होला आँगन आफन्तले भरिएको॥ 

पाँच पाण्डव झै दाजु भाई एकत्र 
सायदै निकै भएको थियो होला दिदीले नदेखेको 
बुहारी छोरीहरु समग्रमा
तिम्रो अन्तिम विधाइमा बाँधिएको ॥

अनि फेरि सुन्सान हुनेछ घर 
सबैले कर्म आफ्नु निभाँउनै छ
बस आमाको पुकारहरु त्यहिं हवामा संधै 
घुमिरहन्छन होला 
सुन्सान शुन्यतामा -- बहिरो मन्॥

No comments:

Post a Comment