Sunday, June 28, 2020

मृत्युलाई नबोलाउ

मृत्युलाई नबोलाउ
(सागरमणि ढकाल - 30.03.2020)

अट्टेरी गरि डुलिरहेछौ वर पर
अमर हुँ सोची किन?
हाँस्छौ त्रासित मान्छे ‌देखि हर पल
सुरो छु सोची किन?

लडिरहेछन हजार भगवानहरु रणमा
संसार जोगाँउन।
किन तम्सिन्छौ बाहिर निस्की सुरो भै 
मृत्युलाई बोलाँउन ॥

टाडा आफ्ना देवताहरु घरमा, उनि
भगवान झै लडदछन ।
जोगाँउन तिमीलाई अदृश्य सत्रुबाट
हर घडिमा मर्दछन॥

डाक्टर, नर्श, प्रहरी, भगवान सरि 
लडिरहेका छन् हेर ।
मेहनत तिनको, नटेरीले तिमीले 
किन हौ फाल्छौ खेर ॥

सफाई कर्मीहरु हेर दिनहुँ 
तिम्रै निम्ति खट्दछन्।
मरे बरु मरियोस भनि हर निमेष 
तिम्रै निम्ति डट्दछन ॥

किन बुझ्दैनौं ए मुर्खहरु हो 
घर भित्र बस्नु त हो। 
किन हतारिएको तिमी तिम्रै
मृत्यु बोलाँउन हो ?

No comments:

Post a Comment