Sunday, June 28, 2020

ड्रग्सको महामारीमा म सिक्किमेको भविष्य खोज्दैछु

ड्रग्सको महामारीमा म सिक्किमेको भविष्य खोज्दैछु
(सागरमणि ढकाल 21.02.2020) 

घाँटीमा कालो नक्षत्रको आकार खोपेर 
लामो केसराशीमा गेरुवा रंग मलेर 
आँखाका परेली उघिर्न नसक्ने अवस्थामा 
म मेरो भविष्य खोज्दै छु॥

हातका पाँचै औंलामा अंग्रेजीका काला अक्षर "D E V I L" खोपेर, बिमार नभएता पनि दुखेको बेला खाने औषधि टन्न धोकेर, 
सुकेका ओठ लर्बराएको अवस्थामा 
म मेरो अभिमान खोज्दै छु॥

हातका नाडीमा कालो अक्षरले आफ्नो नाम खोपेर, 
नसाहरुबाट रगत संग बर्जित पदार्थहरू मिसाएर, 
आफ्नै  नाडीमा खोपेको नाम पढ्दै अचेत अवस्थामा, 
म आफ्नो पहिचान खोज्दै छु॥

आमा बाबुले कमाएको पैसा चोरेर,
स्कुलमा तिर्नुपर्ने पैसा माँसेर
रोजगारको कुनै ढोका ढक्ढक्याँउने हतियार नबोकी 
बेरोजगारीको कुमलो बोकेर 
म आफ्नो भाग्य खोज्दै छु॥

संसारमा जन्मिएको मुल्य नबुझेर 
पैसा कमाउने सजिला माध्यमहरु खोजेर 
ब्राउन सुगरले आफैलाई अनि समाजलाई रोगी बनाउँदै 
म मेरो नानीहरुको भविष्य सपार्दैछु ॥

युहान शहर कोरोनाले सखाप पारे सरह 
इबोलाले अफरिका तबाह पारे सरह 
ट्याबलेट, कालो, कोकैन, ब्राउन सुगरले 
सिक्किमलाई स्वाह पारेर 
ड्रग्सको महामारीमा म सिक्किमेको भविष्य खोज्दैछु॥

No comments:

Post a Comment