Friday, July 28, 2017

कलमले कागज भिजाउन आउँछ

कलमले कागज भिजाउन आउँछ
(मलाई लेख्न प्रोत्साहन गर्नेहरु प्रति कृतज्ञता स्वरुप- सागरमणि ढकाल)
न त मलाई छन्द अलंकार नै आउँछ 
न त शब्द मुछेर पस्किन आउँछ
मेरो त केवल भक्कानो फुटेर आउँछ
पिडा र वेदना भरिएर आउँछ।।
न त मलाई छठयाँइ बठयाँइ नै आउछ
न त देब्रे दाहिने घुमाउन आउँछ।
मेरो त सोझो मन रुएर आउँछ
माँयाले मन दुखेर आउँछ।।
न त मलाई व्याकरणका नियम नै आउँछ
न त कुनै रिचाहरूको अर्थ खोज्न आउँछ
मेरो त रगत उमलिएर आउँछ
दुखले भावना पग्लिएर आउँछ।।
न त मलाई कसैलाई सम्झाउन आउँछ
न त अंगालोमा भरेर पिर बाड्न आउँछ
मेलाई त केवल मेरा विचार पोख्न आउँछ
कलमले कागज भिजाउन आउँछ।।

No comments:

Post a Comment