Thursday, July 27, 2017

सिक्किम

(गीत लेख्ने प्रयासमा - सागरमणि ढकाल)
खोला नाला अविरल बग्ने
चाँप गुराँसले सजिएकी। 
कञ्चनजंघा स्वेत अढिक छ
गौरवान्वित उभिएकी।।
बन जंगल छ घनघोर हाम्रो
स्वर्गको यो फुल बारी।
नम्र स्वभावका जन जाति छन
हाँसी रहने नर नारी।।
कल कल गर्दै कुद्ने खहरा
हरिया सुनौला बारी खेत।
चिर चिर गाउने चरा चुरुंगी
यस्तै छ सिक्किम सुन्दर स्वदेश।।
पाखा पँधेरा कोइली गाउछे
कुहु कुहु गर्दै सुमधुर गीत।
प्रेम लहरको भावनामा मग्न
प्रकृतिको यो अनुपम रित।।

No comments:

Post a Comment