Thursday, July 27, 2017

म हेर्छु नामची राबोंगलाका टाकुराबाट

म नियाल्ने गर्छु तिमीलाई
राबोंगला नामचीका टाकुरा बाट
तिमीले गरेका कर्महरुको
मुल्यांकन गर्दै चुपचाप
त्यही छुलया मन मान्छे नगन्ने
सिर निहुँराएर आउछौ कहिले
पछुतो त रति भरै छैन
बरदान मात्र मांगने जहिले
म त प्रेम र सद्भावनाको दुत हो
धमिलो मनलाई पखाल्ने।
कसरी पखालौ तिम्रो पापको घैलो
स्वार्थले मात्र सदैव भरिने।।
आफ्नो, आफु मात्र सोच्ने तिमी
स्वयं लाई मात्र अघि राख्ने।।
प्राथनामा त अरुलाई राख कम से कम
बाटो मन सुद्धि गराउने।।
म हेर्छु नामची राबोंगलाका टाकुराबाट
मै हुँ कर्म केलाउने।।
मै हुँ तिम्रो सहि गलत बुझने
तिमीलाई न्याय दिलाउने।।

No comments:

Post a Comment