Friday, July 28, 2017

केवल स्त्री देख्छन म माता

केवल स्त्री देख्छन म माता
(रानिपुलमा नाबालिग माथी घटित शारिरीक शोषणको घटनाको निन्दा स्वरुप मेरो प्रतिक्रिया - सागरमणि ढकाल)
मलाई कहिले देवीको स्वरुप भनि पुजिनछ
सिर निहुँराएर मेरो प्राथना गरिन्छ। 
कणये केटी भनि अक्षता प्रसाद चढाइनछ
काली महाकाली भनि डर भगाइनछ।।
मेरो निम्ति उपवास ब्रत राखिन्छ
खाली खुट्टा हजारौं पाइला चालिनछ।
बलि स्वरुप भेडा बाख्रा काटिन्छ
कुल देवि भनि हजारौं निर्दोष छिनाइनछ।।
म औरत हुं निर्मल सोझो स्वभाव कि
दुखि मरदलाई दिशा निर्देश देखाउने।
म सन्तान जन्माउने मेसिन उनिहरुको
पिडा कस्ट संग छोरा छोरी हुर्काउने।।
म पनि त तिम्रो छोरी नै हुं आमा
म पनि त तिम्रै नागरिक हुं।
म पनि त लड्दै तिम्रो निम्ती
आफ्ना सन्तान पनि सम्हाल्छु।।
तर म यहाँ सुरक्षित छुइनँ अब
मेरो रक्षाको लाग्छ मलाई सन्देह।
तिम्रा छोराहरु असक्षम भए अब
बरु कुटछन पिटछन गर्छन् बलात्कार हेर।।
म त डरमा बाँचिरहेकिछु
उनिहरुको प्यारो म छुइन।
म त केवल बच्चा जन्माउने कारखाना भए
आमा, छोरी, दिदी बहिनी म होइन।।
तिमीहरु प्राथना गर्ने ढोंग नगर अब
मेरो इज्जत त गर्न सक्ने छैन।
बलि नदेउ मेरो निम्ति अब
तिम्रो टाउकोले समेत मलाई पुग्दैन।।
मलाई कसैले त शरण देउ
कोइ त अघि सर बचाउन।
मेरा देशवासी अन्धो भए - म त जननी हुं
केवल स्त्री देख्छन म मा त, केवल स्त्री देख्छन् म माता।।

No comments:

Post a Comment