Sunday, June 28, 2020

म तिम्रो मलामीहरुमा आफ्नो मलामी खोज्दैछु

म तिम्रो मलामीहरुमा आफ्नो मलामी खोज्दैछु
(सागरमणि ढकाल) 

संसारमा आफूलाई अजय सोच्ने 
साँना कुराहरु आफ्नो हिसाबले नहुँदा खेदो गर्ने 
आज भिडमा एकलो महसुस हुँदा 
म तिम्रो मलामीहरुमा आफ्नो मलामी खोज्दैछु॥

बिर सुरो ठान्ने म आफैलाई 
थाङने मांग्ने म गन्दै नगन्ने 
आज समाजमा आफ्नै गन्ती नहुँदा 
म तिम्रो मलामीहरुमा आफ्नो मलामी खोज्दैछु॥

दुख पीडामा अर्काको,
मुन्टो बटारेर हिड्ने म
आज आफ्नो दुखमा रुने नहुँदा 
म तिम्रो मलामीहरुमा आफ्नो मलामी खोज्दैछु॥

घमंडमा चुर, रिसले आँखा नदेख्ने 
चित्त नबुझदा केवल निहुँ खोज्ने 
आज आफ्नो अलिकता बचेको अहम बचाँउन 
म तिम्रो मलामीहरुमा आफ्नो मलामी खोज्दैछु॥

दुई चार जना हपकाई लखेट्ने 
पाँच दस जनालाई टेर्दै नटेर्ने 
आज लट्ठी टेकेर हिड्न नसक्दा
म तिम्रो मलामीहरुमा आफ्नो मलामी खोज्दैछु॥

हर्षको मुहान

हर्षको मुहान
(सागरमणि ढकाल-18. 11.2019)

तिम्रो पर्खाइमा अब त 
निन्द्रा पर्न छोड्यो 
खोइ!! आँखा पो रसाउँछ भनि सुनेको थिएँ 
आज, आत्मा किन रोयो?

बेदनाहरु गह भित्र धेरै 
उकुसमुकुस निसासिएका छन 
तिम्रो आगमन भैदिए देखि 
बाँध झै फुटने थियो मन ॥

कसलाई सुनाउनु र मेरा व्यथा 
छहारी को नै बनिदेला ?
बरु भिझदै पर्खि रहने छु जीवन भर
आँउछौ होला कुनै बेला ॥

पुस्न सक्दिन अब म आँशु
मक्काएछन्  हतकेला 
पुस्दा ति गहका पिरहरुले
मेटियो कि त भाग्य रेखा ॥

अब तिम्रै आस छ कुनै दिन 
आँउछौ मेरो भक्कानो फुटाउन 
तर हर्ष बग्ने छ त्यो पल अविरल
अश्रुधार भै रमाँउन ॥

अब त तिम्रो बा सित पैसा छ।।

अब त तिम्रो बा सित पैसा छ।। 
(सिद्धिचरण श्रेष्टको "तिम्रो बासित पैसा छैन" भन्ने कविताको आधुनिक संस्करण- सागरमणि ढकाल 19.11.2019) 

मिठो खान र राम्रो लाउन 
पुस्तक च्यापी डटेर हिँड्न
बाबु तिमीले पाएकै छौ 
मानिस बन तर कुकुर नबन 
       अब त तिम्रो बा सित पैसा छ।। 

दिनभर जोतनु पर्दैन अहिले 
पहिला भन्दा राम्रो छ चाला 
हाम्रो पेट भरपुर भरिन्छ 
अब त दिएर खान सकिन्छ 
       अब त तिम्रो बा सित पैसा छ।। 

जाऊ स्कूल अब फेल नभइ 
अब्बल नंबर पढेर ल्याउ 
ट्याबलेट नखाँइदेउ, चोरेर नहिड्
संगत राम्रो गर बाबु 
       अब त तिम्रो बा सित पैसा छ।। 

विज्ञान, भूगोल, इतिहास पढ़दै 
समाजको निमित्त राम्रो काम गर्दै 
माथी उठिरहेका नेपालीहरूको 
नयाँ पुस्तक लेख लौ बाबु 
      अब त तिम्रो बा सित पैसा छ।।

नाना थरिका व्यापार छन जत्ती 
नौंलो व्यवसाय कति हो कत्ती 
लिइकन ज्ञान, लिइकन शिक्षा 
अवसर हजार खुल्ला छ बाबु 
     अब त तिम्रो बा सित पैसा छ।।

नाँपिस!!ल्याइ परिवर्तन

नाँपिस!!ल्याइ परिवर्तन 
(सागरमणि ढकाल-20.11.2019)

परिवर्तनको खोजीमा
म मेरो मस्तिष्कको अनेक कोसिकाहरुलाई
हरेक निमेष खटाईरहन्छु 

यहाँ यस्तो भएको भए हुन्थ्यो 
त्यहाँ त्यस्तो भएको भए हुन्थ्यो 

मेरो सोचहरुले संसारका अनेक आयामहरुको हरपल 
भ्रमण गरिरहेकै हुन्छ

मन मिल्ने संग दुई कुरा साझा गर्छु 
कतै दुई शब्द बोल्छु त कतै
दुई शब्द कोर्छु 
कतिले मेरा कुराहरुमा दुई कुरा थपिदिन्छन्
त कतिले मेरो सोचलाई सहजै नकारदिन्छन्

र भए पनि म लागिरहन्छु मेरा बिचार, व्यख्या र वक्तव्य बोकर 

तर पनि म सहि परिवर्तन कतै देख्दिनँ

घर जान्छु बिस्तरामा लम्पसार पर्छु 
अनि आफै संग अचम्म लाग्छ
सोच्छु आफैलाई त बद्लिन सकिरहेको छैन् 
संसार कसरी बदलिन्छ 

अनि अचानक नव उर्जाको संचालन हुन्छ 
जुरुक्क उठ्छु 
कडक च्या पिउँछु 
अनि फेरि लमतन्न सुत्छु 
आफै संग मुसुमुसु हाँस्छु 
अनि भन्छु 
नाँपिस!!!ल्याइस तैले परिवर्तन

फेरि अर्को बिहान मस्तिष्कका कोसिकाहरु 
खटिन्छन 
संसार बदल्न,सोच बदल्न ॥

Murdering my Mother

Murdering my Mother 
(Sagarmani Dhakal 23.11.19)

I know there ain’t no rain for pretty long time
Your strides dusts off the loosened mud
Your shining shoes are soon going dirty
With unexpected storms and flood

The plastics that dance in the windy air…
The papers and waste flow down the gutter
It is me who have been doing all this
I was supposed to make this world better..

But…I welcomed people to marbled floor
Welcome mat and expensive carpets
Repellents and air fresheners to lure the guests
I built my home admits the waste
Thrown by me..

The world outside no longer belongs to me
I have my beautifully painted walls
To keep me in illusion that I am clean
While the world outside is diffusing…
Into a planet full of poison.
Soon to collapse…engulfed by poisonous gases.
Nurtured by MEN..
I knew the world would end one day..
But never knew..we would murder it. (Sagarmani)

शुन्यतामा दिदी (छुजानचेन कि दिवंगत दिदी प्रति समर्पित-सागरमणि ढकाल-25.11 19)

शुन्यतामा दिदी 
(छुजानचेन कि दिवंगत दिदी प्रति समर्पित-सागरमणि ढकाल-25.11 19)

हिजो दिदीको घरमा पुगें
सेतो डेराले ढाकिएको आँगन
सेता वस्त्र धारण गरेका छोराहरु 
अनि दिदी नभएको शुन्यता ॥

तिन दिन भएछ दिदी बितेको 
त्यहि सुर-सार लोक किर्तिको 
आउने संग बोल्नु पर्ने हाँस्नु पर्ने 
के कसरी भयो सुनाँउनु पर्ने ॥

संधै दिदीले चिया खाएर जानु भन्ने 
अलिकति कडक- कति स्वदिलो 
हिजो त चिया पनि खल्लो थियो 
सायद वहाको हाथकै कमि थियो ॥

संसारको नियम नै कि त खेला 
बिस्तारै तिमीलाई भूल्नु पर्ने होला 
तर त्यो हँसिलो अनुहारमा स्नेह छरिएको 
त्यसैले त होला आँगन आफन्तले भरिएको॥ 

पाँच पाण्डव झै दाजु भाई एकत्र 
सायदै निकै भएको थियो होला दिदीले नदेखेको 
बुहारी छोरीहरु समग्रमा
तिम्रो अन्तिम विधाइमा बाँधिएको ॥

अनि फेरि सुन्सान हुनेछ घर 
सबैले कर्म आफ्नु निभाँउनै छ
बस आमाको पुकारहरु त्यहिं हवामा संधै 
घुमिरहन्छन होला 
सुन्सान शुन्यतामा -- बहिरो मन्॥

Time for new evolution (Hating to be a homo sapiens)

Time for new evolution 
(Hating to be a homo sapiens)
Sagarmani Dhakal : 13.12.2019

Who are these people running the nation being politicians?
Is Democracy still a Democracy? 
When we say we don't want what makes you feel you can force it on us? 
Weren't we the ones who voted for you to be our voice?
Why does your principles overpowers our opinions?
Why are just 100-200s of you always feel that whatever you do it right?
What will happen if you call back whatever you have passed?
Do you have to suffer or have you really struggled like a common man? 
What makes your thoughts superior over our thoughts? 
Aren't we capable of understanding what is right and what is wrong for us? 
Should democracy still prevail??

Money has become so powerful and so called politicians have accumulated so much of money, a common man has become an inferior species in front of them.
It's time for new system to come in place. Where wealth than a particular amount should be a point for disqualification to contest elections. 

Does political thinkers have free will to express their opinions?

Democracy is veiled. It does not stand strong anymore to cater the current political needs.

A new system is need of an hour.  
It is time for a dooms day, pralay. Everybody should die and new species should evolve with better thoughts and principles. 

I dream of a world where there is no country, religion or competition. Where we are born innocent as animals and die our our fate. Let Lion be the king and let our special abilities that tags us as humans be taken back by the nature.

Time for another evolution.