दिउँसो कटनी ॥
(सागरमणि ढकाल-27.05.20)
जीवन यसरी नै त चल्नु रहेछ
रात परेसी सुत्नु, बिहान भएसी उठनु रहेछ।
कसैले नसुति हुदैन, कसैले नउठी हुदैन
जन्मनु उठे सरह!!
मृत्यु सुते सरह!!
त्यै दिउँसो गरिएको समय कटनी त जीवन रहेछ।
सानो छँदा पठन-पाठनमा दिउसो कटनी,
बढदै जाँदा काम-परिवार मै दिउँसो कटनी।
बुढो हुँदै जाँदा आइया-आत्थामा दिउँसो कटनी।
अनि चिर निन्द्रामा सुत्छ शरिर फेरि उठ्नलाई
दिउँसो कटाँउन॥
No comments:
Post a Comment