हर्षको मुहान
(सागरमणि ढकाल-18. 11.2019)
तिम्रो पर्खाइमा अब त
निन्द्रा पर्न छोड्यो
खोइ!! आँखा पो रसाउँछ भनि सुनेको थिएँ
आज, आत्मा किन रोयो?
बेदनाहरु गह भित्र धेरै
उकुसमुकुस निसासिएका छन
तिम्रो आगमन भैदिए देखि
बाँध झै फुटने थियो मन ॥
कसलाई सुनाउनु र मेरा व्यथा
छहारी को नै बनिदेला ?
बरु भिझदै पर्खि रहने छु जीवन भर
आँउछौ होला कुनै बेला ॥
पुस्न सक्दिन अब म आँशु
मक्काएछन् हतकेला
पुस्दा ति गहका पिरहरुले
मेटियो कि त भाग्य रेखा ॥
अब तिम्रै आस छ कुनै दिन
आँउछौ मेरो भक्कानो फुटाउन
तर हर्ष बग्ने छ त्यो पल अविरल
अश्रुधार भै रमाँउन ॥
No comments:
Post a Comment