माछोङकी बहिनीलाई समर्पित
(सागरमणि ढकाल - 14-11-19)
आमा!!! बाबा!!!
हेर्नुनि मलाई त मुर्दाहरुले दिउँसै मार्यो
तपाईको आँखाको नानीलाई कहि न कहिको बनायो
अब तिम्रो सपना कस्ले साकार पार्छ
तिमी निको नहुँदा भान्सा कसले सम्हाल्छ
म जन्मदा लक्ष्मी आई भनेर तिमी कत्ति रमाएको थियौ होली
हेर न तिम्रो लक्ष्मीको त बलात्कार भयो ॥
मलाई तिमीले देखाएको बाटो झल्झली थियो
राम्रो पढ्नु पर्छ नानी भन्ने उपदेश आलै थियो
म त आँउदो बर्खाको निम्ति बाबालाई दाउरा बोक्न सघाउँदै थिएँ आमा
अकाललै काल खोज्न गए जस्तो भयो ॥
आमा यि दरिन्दाहरुलाई भनिदिनु
देवीको पुजा गर्नु छोड्नु अब
देवि यिनीहरुको टाउकोको रगत चढाउँदा नि
खुशि हुने छैनन् अब॥
मैले अोसारेको दाउराले अब भान्सा नजलाउ
बरु मसाल बाल यो कुकर्मको अन्त्य गर्न
मसालको राप यति तेजिलो होस कि
कुकर्मिहरु चाँडै खोर भित्र पसुन
र यसतो दुष्ट प्रवृति भएका समाजका कलंकहरुको
निच सोच पनि खरानी होस ॥
हेर्नु नि के के गरौला भनि सोचेथिए
सबै निमेषमै चकनाचुर भयो
तिम्रो छोरीको संसार
निच सोचले बिलिन भयो ॥
No comments:
Post a Comment