मनको खहरो -बिना बाँध।।
(सागरमणि ढकाल -17.10.2019)
खै कस्तो जिन्दगी भयो
उठ्दा नि थाक्ने बस्दा नि वाक्क हुने भयो
भन्छन दिग्गज केहि काम गर
समाज देशलाई उभो लगाउने खोज गर
यहाँ आफैलाई त उभो लगाउन सकिरहेको छैन
सुत्न असाध्य मन पर्छ तर निन्द्रा पर्दैन
त्यहि मोबाइल टेलिभिजन टुकु टुकु हेर्यो समय बितायो आँखा ट्टयाउन्जेल
हैन ध्यान पो लगाउनु पर्यो,भगवान खोज्नु पर्यो भनेर अनेक भावना आइरहन्छ
दुई निमेष मै फेरि यो मन दिमाग कहाँ हराउँछ छक्क पर्छु
अनुशासन बिहिन भएको हो कि? दैनिक कर्ममा त अनुसाशन छोडेको छैन,
की त इच्छा शक्तिको नै कमी पो हो की?
हुन् सक्छ
न त भुडि नै घटाउन सकि रहेकोछु न त स्फुर्ति शरीर बनाउन
सार्है अल्छे यो शरीर, की त शरीर नै पो छाडा भएको हो कि?
जाबो दुई सिडी चढदा मुटु नै फुटला जस्तो भान हुन्छ।
मलाई आफ्नो जागिर बाहेक पनि अरु क्यै गर्न आउँछ र?
हो बेला बेला लेख्छु तर आजकल पढिदिने कस्ले?
लेखेर कसैको क्यै भा छर?
उहिले त थियो, अहिले साहिय पढिदिनेको नै कमि भएपछि लेखको पनि औचित्य छैन।
अत्यमा खुशि छु छुइनँ भन्ने कुरा आँउछ, प्राया नै खुशि बस्छु, कोहि बेला टोलाँउछु, दुखले होइन, चालिसे पुग्न लागेको आफ्नो ज्यान देखेर मात्र हो।
मान्छे जन्मे पछि छाप छोडेर जानु पर्छ भन्ने मान्छे को होलान्, आज उनलाई नै कसैले चिन्दैन।
बर्ष भरि पसिना बगाएर परिवार पाल्नेलाई को नेल्सन मन्डेला को गान्दी। उसलाई त लाले र पुडे नै संसार हो।
यो सब संसारको माया जाल हो। कसैले चिनेर नै के भा छ, नचिनेर नै के भा छ र।
अन्ततः मरण निश्चित छ त्यहि सत्य हो। भागा दौडि, संसारमा मनुक्खे भनाँउदाले बनाएका नियम कानुन सब बकवास हो, स्वतन्त्रता कहि छैन।
दोकानले घेरेको संसार, आइज मलाई किन अनि भोग गर भनेर लुभाउन खोज्ने बस्तुहरु। धरै रुपियाँवालको पुजा गरिबलाई केहि मान नै छैन, मनुष्यको औचित्य उस्को कमाइले बताउछ भनेर कुन महानुभवले भने होला। मनुष्य भन्नु नै समता हैन र। सिंह त थुनिए पनि जंगलमा भए पनि सिंह नै रहन्छ। न त थुनिएको सिंहलाई घमण्ड न त जंगलकोलाई।
यो भेदभाव द्वेष कहाँबाट पस्यो नि प्रभु।
अन्तमा सबै झेल्नु, भोग्नु पर्ने स्वतः हो।
मेरो निम्ति सबै एक समान।
No comments:
Post a Comment