Sunday, June 28, 2020

जिन्दगी एउटा टाइम पास

जिन्दगी एउटा टाइम पास 
(सागरमणि ढकाल-22.01.2020)

संसारिक माँयाजालमा यो जीवन एउटा टाइम पास मात्र रहेछ
कसले के कसले के गर्दै यो जीवन धाँनी रहेछ। 
जीवनको उदेश्य न कसैलाई थाहा नै छ र थाहा नै हुनेछ 
समय चक्र संग जीवन दिन्हु वितिरहेछ, चलिरहेछ।
मैले यो गरें त्यो गरें भन्नेले पनि टाइम पास नै गरे 
मैले क्यै गरिन भन्नेले पनि टाइम पास नै गरे 

बस टाइम पास हाँसेर गर्ने कि दुखि भएर त्यो टाइम पास गर्ने कै च्वाइस हो 
हासेर गरे टाइम पास भएको थाहा हुँदैन 
दुखि भए टाइम पास हुँदै हुदैन 

सबै जना आफ्नो आफ्नो टाइम पास गरौं 
कसले कसरी गर्ने त्यो लेखेर नै आएको हुन्छ  
अरुले कसरी टाइम पास गर्छन भनेर नसुर्ताउ 
आफ्नो टाइम गजबले पास गरौं॥

म यथार्थमा आजको सिक्किमे

म यथार्थमा आजको सिक्किमे 
(सागरमणि ढकाल- 12.02.2020)

मलाई खान, लाउन र सुत्न दुख छैन।
मेरोमा कसो कसो प्राप्त गरेको केही certiificates हरु छन् तर मेरोमा त्यत्रो भुकुन्द्रै ज्ञान पनि छैन। मैले पढेका प्राय कुराहरु मैले बिर्सिसके। कतै अबर पर्नु पर्दैन किनभने मेरोमा समार्ट फोन र गुगल छ। म आफैलाई समाजको एउटा गतिलै मान्छे हु भनेर चिनाउन मन पर्छ तर मेरोमा त्यो विग्न confidence पनि छैन।

 म नोकरीवाला हो भने मेरो savings गर्ने बानी छैन। फिजुल खर्चले होला मेरोमा रुपियाँ त्यति बस्न मान्दैन। तर कसो कसो मेरोमा पैसा छ भन्ने भान सबैलाई बनाउन म सफल भएको छु। मेरो प्राय भर अबर मेरो आमा बाबुले नै टारीरहेका छन्। 

मेरोमा नोकरी छैन भने पनि म कमाउने सरह नै आफैलाई पेस गर्छु। सानो नोकरी छ भने निकै ठुलै नोकरी भएको जस्तो व्यवहार गर्छु। 

मलाई कसैको उपदेश सुन्न मन पर्दैन तर दिन भने म संधै अग्रसर रहन्छु। 
मेरोमा ठुलो गाडी लोनमा हुन्छ तर तेल हाल्न भने संधै हम्मे हम्मे नै पर्छ। 

मलाई सबै नेताहरुले नजिकबाट चिन्न सकुन भन्ने भावना आउँछ। नेता संग बोल्न पाउँदा एक दुईवटा सुझाउ पनि ठोकी हाल्छु र कुनै पल नेताले नभ्याएर नबोल्दिदा नेता बद्लिएको जजमेन्ट म आफै सुनाउँछु ।

अर्कोलाई फुर्के भन्न म संधै अग्रसर। मेरो कुरा नसुनेर उल्टा मलाई नै कुरा सुनाँउने जति त झनै फुर्के लाग्छ मलाई। 

म "मै हुँ" भन्ने स्वभावको छु। कसलाई निचा देखाउनु छ भने म सुनेका मन घडन्त कुराहरुलाई मसला थपेर आफुले नै सुनेको-देखेको सरह अरुलाई सुनाउँछु। "तिमीलाई थाहै छैन रहेछ" भनेर शुरु गरेको मनघडन्त backbiting ले मिठो गफको परिभाषा नै बद्लिसक्यो। "कसैलाई नभन्नु है" भनेर मैले धेरैका secret खबरहरु भाइरल बनाइसके। 
म मात्र जान्ने र अरु चै मूर्ख नै हुन भन्ने भावना मेरो मनमा सहजै आइ हाल्छ। कसैले अलिक अग्रसर भएर केहि काम गर्न चाह्यो भने म उसलाई सहजै "के सार्हो बाट्ठे भएको" भन्ने शब्द प्रहार गर्न पछि पर्दिन। उसैलाई त भन्ने आँट हुँदैन तर वरिपरिकोलाई म मज्जाले सुनाउँछु। 
मलाई कसैलाई राम्रो भन्नै आउँदैन। मेरो प्राय जस्तो मान्छे प्रतिको प्रतिक्रिया negative नै हुन्छ। केवल एक दुई जना होलान मैले राम्रो भन्ने मान्छे, त्यो पनि मलाई राम्रो गरेको छ भने मात्र। 

म खिल्ली उढाउन त झन champion. 
म प्राय नै सफल व्यक्तिहरुमा खोट निकाल्न खोज्छु। मेरोमा कसैको राम्रो पन देख्ने नेत्रहरु छैन। 

कुनै कुरा व काम गर्नमा म अस्मर्थ छु भने म सक्दिन भन्ने मेरोमा बानी छैन। म आफैलाई व्यस्त बताउछु व म मान्छे अनि काम सबैलाई  ignore गरेर टाडा भाग्छु। 

म त्यस्तो ब्यस्त मान्छे पनि हैन। म अल्छे छु। म ढिलो सुत्छु, ढिलो उठ्छु। म दिनमा 2 देखी 5 घन्टा सम्म मोबाइल मै बिताउँछु। मोबाइलमा धेरै जसो कसैले हालेका हसाउँने भिडियोहरु हेर्छु। 
कुनै ज्ञानको कुरा छ तर लामो छ भने म हेर्न रुचाउदिन। मलाई जे पनि short and sweet चाहिन्छ। म मेरो प्रोफाइलमा भाणन दिदै गरेको फोटो हाल्न रुचाउँछु नभए कोइ नेता संग उभिएको फोटो। 
म त्यति काम लाग्ने व्यक्ति भएको छुईन 
म उदेक र अचम्मको मानिस भएको छु 
म को हुँ?? 
म यथार्थमा आजको सिक्किमे हुँ।

Being that 90's kid

Being that 90's kid
(Sagarmani Dhakal - 19.02.2020)

When I stride through the mud I grew
There is this nostalgia that hits me through
The dirty clothes marbles chuckling in the pockets 
Ball made of socks and the paper rockets 

Well I always love to be
That 90's kid who never worried 
Of what I ate and what I wore 
That is my only music and my only folklore 

Rotating antennas for the Sunday's show
Running behind cars while the horns blow 
Pending homeworks as the day turned  dawn 
Thrashed by parents and the faces frowned.

The wheels made up of rubber pipes
Plucking fruits whilst they weren't ripe
Running to pick when the telephone rang
Memorising numbers as much as we can

Well I always love to be
That 90's kid who never worried 
Of what I ate and what I wore 
That is my only music and my only folklore

The newspaper kites when took the flight 
Running bare footed oh what a sight 
Lazy to bathe lazy to wash 
Woke up early and slept real fast 

The letters I wrote for the first school crush 
Stacked beneath the pillow I had no guts 
Her only smile made my year
There were no talks or dates Oh!! dear. 

Favourite numbers recorded in an empty cassette for free 
Playing it on full volume on Sunday cleaning spree 
The radio and tape recorder 
Best gadgets for life
A notebook full of songs with pictures of favorites

Well I always love to be
That 90's kid who never worried 
Of what I ate and what I wore 
That is my only music and my only folklore

If I had that only chance 
I would love to have at least a glance 
Of the time that I actually lived 
No bondage, No Ego, I was just free.

ड्रग्सको महामारीमा म सिक्किमेको भविष्य खोज्दैछु

ड्रग्सको महामारीमा म सिक्किमेको भविष्य खोज्दैछु
(सागरमणि ढकाल 21.02.2020) 

घाँटीमा कालो नक्षत्रको आकार खोपेर 
लामो केसराशीमा गेरुवा रंग मलेर 
आँखाका परेली उघिर्न नसक्ने अवस्थामा 
म मेरो भविष्य खोज्दै छु॥

हातका पाँचै औंलामा अंग्रेजीका काला अक्षर "D E V I L" खोपेर, बिमार नभएता पनि दुखेको बेला खाने औषधि टन्न धोकेर, 
सुकेका ओठ लर्बराएको अवस्थामा 
म मेरो अभिमान खोज्दै छु॥

हातका नाडीमा कालो अक्षरले आफ्नो नाम खोपेर, 
नसाहरुबाट रगत संग बर्जित पदार्थहरू मिसाएर, 
आफ्नै  नाडीमा खोपेको नाम पढ्दै अचेत अवस्थामा, 
म आफ्नो पहिचान खोज्दै छु॥

आमा बाबुले कमाएको पैसा चोरेर,
स्कुलमा तिर्नुपर्ने पैसा माँसेर
रोजगारको कुनै ढोका ढक्ढक्याँउने हतियार नबोकी 
बेरोजगारीको कुमलो बोकेर 
म आफ्नो भाग्य खोज्दै छु॥

संसारमा जन्मिएको मुल्य नबुझेर 
पैसा कमाउने सजिला माध्यमहरु खोजेर 
ब्राउन सुगरले आफैलाई अनि समाजलाई रोगी बनाउँदै 
म मेरो नानीहरुको भविष्य सपार्दैछु ॥

युहान शहर कोरोनाले सखाप पारे सरह 
इबोलाले अफरिका तबाह पारे सरह 
ट्याबलेट, कालो, कोकैन, ब्राउन सुगरले 
सिक्किमलाई स्वाह पारेर 
ड्रग्सको महामारीमा म सिक्किमेको भविष्य खोज्दैछु॥

कस्तो रंग लगाँउ तिमीलाई?

कस्तो रंग लगाँउ तिमीलाई? 
(सागरमणि ढकाल 01.03.2018) 

कस्तो रंग लगाँउ म तिमीलाई 
यो संसार नै रगताम्मे रातो छ।
ईर्ष्या द्वेष प्रबल छ जताततै 
यहाँ मनको रंग पनि कालो छ॥

कस्तो रंगले पोतौं तिमीलाई 
सेतो पनि मैला कालो छ।
हरियो त पहेंलो छ सुकेर 
यहाँ त पानीको रंग नै धमिलिएछ॥

लाली परेको अोठबाट
काली परेका शब्द छरिन्छ।
गुलाबी रंगका मुखारविन्दमा 
सादा स्नेहहिन मुस्कान देखिन्छ॥

म कस्तो रंगले पुजा गरौं भन 
तिम्रो सिन्दुरको रंग धरि उढेछ। 
संसार त रंगीचंगी भएछ तर 
तिम्रो रगत चाँहि सेतो भएछ॥

India Beat the THANKYOU tone


India Beat the THANKYOU tone
(Sagarmani  23.03.2020)

India beat the THANKYOU tone
For the hardwork and the solidarity shown
By the workers fighting the disease 
While we stayed home at ease

Maybe after a long time 
Nation came as one 
All against an invisible enemy 
Which differentiates none

Let's continue this camaraderie
Till the war is won
Isolate ourselves 
and save the Nation.

घर बसौं समाज बचाँउ

घर बसौं समाज बचाँउ
(सागरमणि ढकाल -25.03.2020)

यो कोरोना खेलाइची होइन
मैले डर देखाएको होइन ।
घर भित्रै बसौ सबै 
नभए जिउन पाइने छैन॥ 

एक बाट दस हुन्छ
दसबाट सय ।
सयबाट बढदै हजार
हजारौं भएसि प्रलय ॥

छेउमै मर्छन् हजार तिमीले
रुन भ्याउने छैन। 
आफ्ना नै जाँदा पनि
तिमीले छुन पाउने छैन ॥

कम नआंके हुन्छ
यसले सर्वनाश नै गर्छ ।
त्यो मात्र बाँच्छ जो अहिले देखि 
आफ्नो घरमा बस्छ ॥

हो! अल्छी लाग्ला, औडा होला 
अरु औषधि नै छैन।
घर बस्नाले समाज बाँचनेछ 
यो सानो प्रयास होइन॥