Sunday, June 28, 2020

म शोक मनाउँदै छु

म शोक मनाउँदै छु
(सागरमणि ढकाल 13.04.2018)

म मध्य रातको शुन्यतामा दुक्कि पेटको दाउमा पाँच हजार रुपियाँ फ्याँकेर 
हर्सले गद्गद् हुँदै 
तिमी परलोक भएको शोक मनाँउदैछु।

म फुलको साटो मदिराको मन्द सुगन्धमा मुछिएका थुक का छिटा चढाउँदै 
तिमी परमधाम गएको शोक मनाउदै छु। 

म साँझको झिस्मिसे देखि बिहानीको मिर्मिरे सम्म 
एक्का ट्रायलको पर्खाईमा 
तिमी संसार त्यागी गएको शोक मनाउँदैछु। 

मलाई थहा छैन शोकमा कति जन छन् 
मलाई थहा छैन परिवारमा कति जन छन्
म आउँदिन दिउँसो मेरो जरुरत के पर्ला 
तर घाम ढुबेर उदाँउन्जेल सम्म 
नयाँ चिप्लिने तासको पत्ता हरु संग होडबाजी गर्दै 
तिमी शरिर त्यागेर गएको शोक मनाँउदैछु।

म धुपको साटो सिग्रेटको धुवाँ घुमाएर 
तिम्रो शयन कक्षादेखि पक्वान गृह सम्म 
प्रसाद स्वरुप सिग्रेटका ठुटा खसालेर 
प्रशन गरे समाजको रौफ देखाएर 
छरिएका ठुटाहरुको बिच पंजा टर्यालमा  बलेण्ड हात खेलेर 
म तिम्रो परिवारको शोकमा मेरो शोक महसुस गर्दै छु।

कृतज्ञता

कृतज्ञता
(सागरमणि ढकाल -30-07-19)
तिमीले जबरजस्ती कोच्याएको भातको गाँसले 
बोसो लागेको यो ज्यानमा 
तिमीलाई धन्यवाद स्वरूप 
म आफ्नो रक्त नलीबाट तिमीले पालन पोषण गरेको शरीरलाई ड्रग्सले भर्दैछु।।

म चाउरी पर्ने थालेको धेरै भएको छैन।

म चाउरी पर्ने थालेको धेरै भएको छैन। 
(सिक्किमको बाँझिएको जमिनको सन्दर्भमा-
सागरमणि ढकाल-28.12.2018)

खानको लागि नुन मात्र किन्ने र अरु सबै आफै फलाउने महान किसानहरुका सन्तानले
मेरो छाती भरि केहि नगरी बुगुन्द्रै फ्ल्ने 
सिमल तरुल र पिँडालु समेत नरोपेर 
किन्न थालेपछि
म चाउरी पर्ने थालेकी हुँ।। 

पुर्वज किसानहरुले फलाँउले
अट्टे, स्यालमुखे, झपकाहरु 
थाहै नपाइ आसियाना, के.आर.टी,  मोहन भोग र  सर भोग भएपछि
म चाउरी पर्न थालेकी हुँ। ।

कोलमा पिनेर मग मग बासना आउने तोरीको तेल त्यसै एक बटुका पिएर पचाइदिने 
बलशाली किसानका सन्तानहरुले 
सफोला गोल्ड र धारामा भुटुन पडकाँउन थालेपछि 
म चाउरी पर्न थालेकी हुँ।। 

फारसमा गाई भैँसी चराएर 
बेलुका भात पकाउन अल्छी लाग्दा
एक माना चामललाई तिन किलो दुधमा पकाएर
एकलै सर्ल्याम-सर्ल्याम खाएर पचाइदिने 
किसानका सन्तानहरुले 
पुजामा समेत अमुल गोल्डले बनिएको खिर 
चढाँउन थालेपछि 
म चाउरी पर्न थालेकी हुँ।। 

गाईको मलले बारी नै कालो बनाएर, जोतेर
कोदो, फापर, मकै, गहुँ छरेर
ढिडो अनि रोटी- दुध, दहि, मोइ, घिउ संग 
गम गम खाने किसानहरुका सन्तानले 
कोर्न फ्लेक्स र प्याकेटको दुध खाँदा पनि 
पखाला चल्न थालेपछि 
म चाउरी पर्न थालेकी हुँ।। 

ब्याँसी खेतमा असारमा जहिले नै मेला सरह हुन्थ्यो, 
त्यहि खेतमा 200-300 मुरी धान फलाउने कर्मशिल किसानका सन्तानहरुले 
त्यहि बाझो, चिरा परेको खेतमा आयोजना गरिएको 
"ब्याँसि विन्टर कार्निभलमा" 
सिलिगुडीको एल एस चामलबाट बनिएको भाती जाँडलाई 
"ओरगेनिक राइस वाइन" भनेर खान थालेपछि 
म चाउरी पर्न थालेकी हुँ।। 

उद्धमशिल किसानका सनतानहरु 
बजार कुर्न थालेपछि 
ढिकुटीमा धान नभरेर 
औषधिको खोलमा औषधि भर्न थालेपछि 
अन्न कोषलाई सम्पति नमानेर 
धनराशिलाई सम्पति ठान्न थालेपछि 
म चाउरी पर्ने थालेकी हुँ।। 

तरै पनि कुरेर बसिरहेकी छु
कुनै पाखुरा आउँछन् होला कोट्याउन कुनैदिन 
सुर्ता नगर!! 
निषठुरि हुने छैन म
तिम्रो स्पर्शले नै म
पगलिने छु मलिलो भएर, 
फेरि उरवराउ हुनेछु, जवान भएर।।

यो सय दिनमा मैले के गरें (भाग 2)

यो सय दिनमा मैले के गरें (भाग 2)
सागरमणि ढकाल - 10.09.2019

यो सय दिनमा मैले के गरें 
न त मकै नै रोपें 
न त धान नै रोपें
न त बारी नै जोतें 
न त आली नै लाँए
(Agriculture, Horticulture, Animal Husbandry ) 
न त एउटा गाई नै किने
न त एक किलो दुध नै बेचें
न त फर्सी फलाँए न त करेला फलाँए 
बस गन्गनिन्दै बरु कुखुरो किनी खाँए 

न त कुनै औजार नै बनाँए 
पुरानो हलो पनि चिरेर दाउरा बनाँए 
न त भुईका प्लाटिक पोलिथिन नै टिपे 
गिलो सुक्ख्खा मैला बरु एकैठाउँ मिसाँए 
(Safai Abhiyan) 
न त जाममा अोभरटेक गर्न नै छोडें 
न त साथी संग मिलेर अफिस धाउन खोजें
न त माँतेर मस्त गाडी कुदाँउन छोडें
न त अस्पतालमा पान थुक्न नै छोडें
(Traffic and Health) 
न त अफिसको सिसा फुटाँउन छोडें
डाक्टरका टाउका सके सम्म फोडें
न त सिग्रेट, रक्सी, खैनि खान छोडें
अस्पताललाई बेस्सरी न त सराप्न छोडें
(Education) 
न त नानीहरुको काँपी हेर्न खोजे 
न त होम्वर्क गर भनेर दुई शब्द नै बोले 
शिक्षकलाई बरु सकेसम्म गोदें
सरुवा गराउ भनि सकेसम्म पोलें
(Culture) 
न त दौरा सुरुवाल बक्खु नै पहिरें
न त कुनै एउटा लोक गीत नै कोरें
न त गुम्पा मन्दिरमा एक पटक नै ढोगें
संस्कृतिका लागी न त मैले बोले 
(Afno gau afai Banau) 
न त साना खोबिल्टा माटो लगि पुरें
न त मैलो बाटो सफा गर्न खोजें
हो नेता जति सबैलाई खदा माला लाँए 
भेट्न एकपल्ट सिक्किम भरि धाँए

नोकरी, पैसा जे हुन्छ नि माँगे 
न कि कुनै सुव्यवस्थाको उजुरि चढाँए 
सेल्फी भएभरका नेता संघका फेसबुकमा हालें
लाइक र कमेन्टमा म औधी रमाँए

बेलुकी संधै घर फर्कि आँए
आमाले पकाएको भूडि फुटुन्जेल खाँए
परिश्रम शब्दलाई मैले बैरि बनाँए 
घाम टाउकोमा आउन्जेल म निन्द्रा मै हराँए।

सय दिनमा म आफैंले चाहिँ के गरें??

सय दिनमा म आफैंले चाहिँ  के गरें??
(सागरमणि ढकाल-10.09.2019)

बितेका सय दिनमा मैले के नै गरें
अफिस गएँ, घर आँए, बेस्सरी खाएँ सुतें॥

ए हौ!! त्यो त्यता गएछ भनि दंग परें 
ए हौ!! त्यो यता आएछ भनि छक्क परें।
यो मान्छे ठिक छ भनि आँफैलाई भनें
त्यो मान्छे ठिक छैन भनेर आँफैलाई सुनाँए ॥

बितेका सय दिनमा मैले के नै गरें 
सिर्हानीमा ढल्केर विहानै त्यहि फेसबुक नै खोलें ।

जस्लाई भेटे नि के छ हौ माहोल सोधें
उत्तर जे भएनि मेरै मन्तव्य रोजें।
आमा बाबु भन्दा बढि गोले चाम्लिङ खोजें
कैयौंलाई त मनबाट नै सैयौं चोटी गोदें॥

बितेका सय दिनमा मैले के नै गरें 
इन्टरनेटको डेटा भने कैयौं जि बी सकें॥

म भए त सरकार क्या चलाइदिन्थें नि लाग्छ
8 नबेजे सम्म फेरि निन्द्रा कहाँ भाग्छ र 
फेस्बुकमा बोल्नेहरु सबै सिल्लि लाग्छ
बोल्नु परे आफूकतै मुखमा किल्ली लाग्छ ॥

बितेका सय दिनमा मैले के नै गरें 
म सबै जान्ने भनि आफै भ्रममा बसें॥

न त सकारत्मक सुझाव नै केहि दिए 
नबोलाए जान्न भनि अहम बोकी रहें। 
दोष्याउने त सरकार छदैछ मेरो असफल्तको 
कान चिरेको जोगी म हुँ अल्छे थेत्तरो भाको॥

बितेका सय दिनमा मैले के नै गरें 
खाए, दोष्याँए, अौल्याँए, त्यति मात्र गरें ॥

मनको खहरो -बिना बाँध।।

मनको खहरो -बिना बाँध।। 
(सागरमणि ढकाल -17.10.2019) 

खै कस्तो जिन्दगी भयो 
उठ्दा नि थाक्ने बस्दा नि वाक्क हुने भयो 
भन्छन दिग्गज केहि काम गर 
समाज देशलाई उभो लगाउने खोज गर 
यहाँ आफैलाई त उभो लगाउन सकिरहेको छैन 
सुत्न असाध्य मन पर्छ तर निन्द्रा पर्दैन 
त्यहि मोबाइल टेलिभिजन टुकु टुकु हेर्यो समय बितायो आँखा ट्टयाउन्जेल 

हैन ध्यान पो लगाउनु पर्यो,भगवान खोज्नु पर्यो भनेर अनेक भावना आइरहन्छ
दुई निमेष मै फेरि यो मन दिमाग कहाँ हराउँछ छक्क पर्छु 
अनुशासन बिहिन भएको हो कि? दैनिक कर्ममा त अनुसाशन छोडेको छैन, 
की त इच्छा शक्तिको नै कमी पो हो की?

हुन् सक्छ

न त भुडि नै घटाउन सकि रहेकोछु न त स्फुर्ति शरीर बनाउन 
सार्है अल्छे यो शरीर, की त शरीर नै पो छाडा भएको हो कि? 
जाबो दुई सिडी चढदा मुटु नै फुटला जस्तो भान हुन्छ। 

मलाई आफ्नो जागिर बाहेक पनि अरु क्यै गर्न आउँछ र? 
हो बेला बेला लेख्छु तर आजकल पढिदिने कस्ले? 
लेखेर कसैको क्यै भा छर? 
उहिले त थियो, अहिले साहिय‌ पढिदिनेको नै कमि भएपछि लेखको पनि औचित्य छैन। 
अत्यमा खुशि छु छुइनँ भन्ने कुरा आँउछ, प्राया नै खुशि बस्छु, कोहि बेला टोलाँउछु, दुखले होइन, चालिसे पुग्न लागेको आफ्नो ज्यान देखेर मात्र हो। 
मान्छे जन्मे पछि छाप छोडेर जानु पर्छ भन्ने मान्छे को होलान्, आज उनलाई नै कसैले चिन्दैन। 
बर्ष भरि पसिना बगाएर परिवार पाल्नेलाई को नेल्सन मन्डेला को गान्दी। उसलाई त लाले र पुडे नै संसार हो। 
यो सब संसारको माया जाल हो। कसैले चिनेर नै के भा छ, नचिनेर नै के भा छ र। 
अन्ततः मरण निश्चित छ त्यहि सत्य हो।  भागा दौडि, संसारमा मनुक्खे भनाँउदाले बनाएका नियम कानुन सब बकवास हो, स्वतन्त्रता कहि छैन। 
दोकानले घेरेको संसार, आइज मलाई किन अनि भोग गर भनेर लुभाउन खोज्ने बस्तुहरु। धरै रुपियाँवालको पुजा गरिबलाई केहि मान नै छैन, मनुष्यको औचित्य उस्को कमाइले बताउछ भनेर कुन महानुभवले भने होला। मनुष्य भन्नु नै समता हैन र। सिंह त थुनिए पनि जंगलमा भए पनि सिंह नै रहन्छ। न त थुनिएको सिंहलाई घमण्ड न त जंगलकोलाई। 
यो भेदभाव द्वेष कहाँबाट पस्यो नि प्रभु। 

अन्तमा सबै झेल्नु, भोग्नु पर्ने स्वतः हो। 
मेरो निम्ति सबै एक समान।

माछोङकी बहिनीलाई समर्पित

माछोङकी बहिनीलाई समर्पित 
(सागरमणि ढकाल - 14-11-19)

आमा!!!  बाबा!!! 
हेर्नुनि मलाई त मुर्दाहरुले दिउँसै मार्यो 
तपाईको आँखाको नानीलाई कहि न कहिको बनायो 
अब तिम्रो सपना कस्ले साकार पार्छ
तिमी निको नहुँदा भान्सा कसले सम्हाल्छ
म जन्मदा लक्ष्मी आई भनेर तिमी कत्ति रमाएको थियौ होली
हेर न तिम्रो लक्ष्मीको त बलात्कार भयो ॥

मलाई तिमीले देखाएको बाटो झल्झली थियो 
राम्रो पढ्नु पर्छ नानी भन्ने उपदेश आलै थियो 
म त आँउदो बर्खाको निम्ति बाबालाई दाउरा बोक्न सघाउँदै थिएँ आमा
अकाललै काल खोज्न गए जस्तो भयो ॥

आमा यि दरिन्दाहरुलाई भनिदिनु 
देवीको पुजा गर्नु छोड्नु अब 
देवि यिनीहरुको टाउकोको रगत चढाउँदा नि 
खुशि हुने छैनन् अब॥

मैले अोसारेको दाउराले अब भान्सा नजलाउ 
बरु मसाल बाल यो कुकर्मको अन्त्य गर्न 
मसालको राप यति तेजिलो होस कि
कुकर्मिहरु चाँडै खोर भित्र पसुन 
र यसतो दुष्ट प्रवृति भएका समाजका कलंकहरुको 
निच सोच पनि खरानी होस ॥

हेर्नु नि के के गरौला भनि सोचेथिए
सबै निमेषमै चकनाचुर भयो
तिम्रो छोरीको संसार 
निच सोचले बिलिन भयो ॥